बारा । भरतपुरमा सम्पन्न प्रथम राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता २०२४ को प्रतियोगितामा बारा निजगढ श्री नेत्रोदय डोजाङ तेस्रो भएको छ । जसले ४ स्वर्ण, १ रजत र २ कांस्यसहित तेस्रो हुँदै २० हजार रुपैयाँ नगद पुरस्कारसहित शिल्ड प्रमाण पत्र प्राप्त गरेको छ ।
निजगढबाट सहभागी खेलाडीहरुले यस पट्क भने तेस्रोमा चित्त बुझाउनु परेको छ । त्यस्तै मेडल ल्याउन सफल खेलाडीहरु प्रथम समीप गौतम, सहर्सिक लामा, समर्पण नेपाली, निरोज दर्लामीले गोल्ड मेडल प्राप्त गरेको छ । त्यस्तैगरी दोश्रो हुने खेलाडीमा बिस्वाश तिमल्सिना रहेका छन र तेस्रोमा रबिना लामा, यमि लोप्चन, टेक बहदुर थापा रहेका छ्न ।
त्यसैगरी प्रशिक्षकमा शंकर रखाल मगर र टिम व्यवस्थापनमा गौरब दहाल रहेका थिए । त्यस्तै प्रतियोगिताको उपाधि भने बुटवल तेक्वान्दो डोजाङ्गले जितेको छ । जसले ५ स्वर्ण, १ रजत र १ कांस्यसहित ५० हजार रुपैयाँ नगद पुरस्कारसहित शिल्ड प्रमाण समेत प्राप्त गर्दै प्रथम भएको हो ।
भरतपुर महानगरपालिका नगर खेलकुद विकास समितिको आयोजना तथा नेपाल तेक्वान्दो सङ्घको प्राविधिक सहयोगमा सञ्चालित प्रतियोगितामा चितवनको खैरहनी तेक्वान्दो डोजाङ्ग दोस्रो भएको निजगढ नगर तेक्वान्दो संघ समितिका अध्यक्ष चित्रबहादुर लामा (नन्दुले) जानकारी दिए । जसले ४ स्वर्ण, ५ रजत र ३ कांस्यसहित दोस्रो हुदै ३० हजार रुपैयाँ नगद पुरस्कारसहित शिल्ड प्रमाण समेत प्राप्त गरेको जनाएको छ ।
यसै गरी उत्कृष्ट निर्णायक तर्फ ललितपुर घर भएका राजनकुमार श्रेष्ठ, उत्कृष्ट पुरुष खेलाडीमा चितवन घर भएका अभिषेक गिरी र उत्कृष्ट महिला खेलाडीमा बुटवल घर भएकी अञ्जली चौधरी घोषित भए । उनीहरुले नगद ५/५ हजार पुरस्कारसहित शिल्ड प्रमाण प्राप्त गरे । विजयी खेलाडीलाई भरतपुर महानगरकी मेयर रेणु दहालले पुरस्कार प्रदान गरेकी थिइन ।
गएको पुस ४ गतेदेखि पुस ६ गते शनिबारसम्म सञ्चालित प्रतियोगितामा देशभरका ४० बढी जिल्लाबाट ७ सय १० जना खेलाडी सहभागी भएको थियो । प्रतियोगितामा महिला र पुरुषको छुट्टाछुट्टै तौल समूहमा प्रतिस्पर्धा भएको थियो । पुरुष र महिलतर्फ गरी १० वटा विधामा खेल भएको थियो । भने क्यारोगी (फाइट) तर्फ ३० वटा स्वर्णपदकका लागि प्रतिस्पर्धा भएको थियो ।
Discussion about this post