बागदेव दुग्ध उत्पादक साकोस सिङ्गौल शाखाको १४ ईकाई साधारणसभा सम्पन्न

407
SHARES
535
VIEWS

बसन्त लामा सिगौल । बागदेव दुग्ध उत्पादन सहकारी सस्था सिङ्गौल शाखाको १४ औं वार्षिक साधारण सभा इकाई साधारण सभा सम्पन्न भएकोछ ।
१४ औ वार्षिक साधारण सभा वागदेव दुग्ध उत्पादक सहकारी सस्थाका अध्यक्ष थानेश्वर सापकोटा (अविरल ) को अध्यक्षता मा सम्पन्न भएको हो ।
सो बार्षिक साधारणमा प्रमुख अतिथि जिल्ला दुग्ध उत्पादक सहकारी संघ रौतहटका अध्यक्ष कृष्ण अधिकारीले असन गरेका थिए ।
त्यस्तै विशिष्ट र अतिथिहरुमा बारा जिल्लाको दुग्ध उत्पादन सहकारी संघको अध्यक्ष पुरुषोतम भट्टराई, सस्थाका पुर्व अध्यक्ष नारायणप्रसाद गौतम, कार्यपालिका सदस्य मान बहादुर डासेलीलगायतका रहेको थिए । कार्यक्रममा बोल्दै बारा जिल्ला दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष पुरुषोतम भट्टराईले
बागदेव दुग्ध उत्पादक सहकारी सस्थाको निर्वाचित कार्य समितीको केहि भगौडा सदस्यको कारण दुग्ध उत्पादक सहकारी दुबनै लाग्यो खतमै हुने भयो भनेर गलत भ्रम फैलाएको कारण पनि किसानमा निरास छाएको बताए ।

सो कार्यक्रममा स्वागत मनतब्य भने टुक बहादुर तिमल्सिनाले गरेका हुन । शाखा इकाई सभामा वार्षिक प्रतिवेदन संस्थाका अध्यक्ष थानेश्वर सापकोटाले प्रस्तुत गरेका थिए । त्यस्तैगरी
लेखा प्रतिवेदन राजन प्रसाद तिमल्सिना प्रस्तुत गरेका हुन भने आर्थिक प्रतिवेदन व्यवस्थापक सौरभ अधिकारिले प्रस्तुत गरेका थिए  ।
सभामा अध्यक्ष सापकोटाले नेपाल सरकारले भारतबाट केहि समय पहिले दुग्ध र पाउडर आयातगरि बिक्रि वितरण गरेका कारण यहाँका स्थानीय किसान मारमा परेको बताए । सापकोटले भने “बागदेव दुग्ध सहकारी सस्थाले स्थानीय कृषक संह सङ्कलन गरेको दुग्ध प्रयाप्त विक्री हुन नसक्दा स्थानीय कृषकलाई भनेको समयमा भुक्तानी गर्न कठिनाइ भएको बताए ।” सापकोटाले सिब्गौल क्षेत्रका स्थानीय कृषकको ३ महिना देखिको दुग्धको भुक्तानी बाँकी रहे पनि केहि दिन भित्रमा भुक्तानी हुने बताए ।”

वागवेव दुग्ध उत्पादक सहकारी सस्था को १४औं वार्षिक साधारण सभा सिंगौल वडा नम्बर २ को सभाहलमा सम्पन्न भएको हो ।
साधारण सभाको उदघाटन आमन्त्रित प्रमुख अतिथि विशिष्ट अतिथि अतिथिले सामुहिक ब्यानर पढेर उदघाटन गरिएको र कार्यक्रमको संचालन संचिव प्रकाश प्रसाद सापकोटाले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित