बारा । पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत राैतहटकाे चन्द्रपुर नगरपालिका–५ मा दुई करोड ७२ लाख रुपैयाँ लागतमा विद्युतीय गाडीकाे चार्जिङ स्टेशन निर्माण भएको छ ।
मधेश प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको ‘इनोभेटिभ पार्टनरशिप फन्ड’ र चन्द्रपुर नगरपालिकाको सहयोगमा चार्जिङ स्टेशन निर्माण भएको हो । स्टेशनमा एक पटकमा चार वटा चार पाङ्ग्रे, तीन पाङ्ग्रे ११ वटा गरी १५ वटा गाडी चार्ज गर्न सकिने छ ।
स्टेशनमा प्रतिक्षालय, बालबालिकाका लागि खेल्ने ठाउँ, शौचालयलगायत पूर्वाधारको व्यवस्था पनि गरिएको छ ।
Discussion about this post