बारा । पथलैया नकआउट फूटबल प्रतियोगिताको दोस्रो संस्करण शनिबारदेखि सुरु हुँदैछ । पथलैयास्थित गैरी खेल मैदानमा एक कार्यक्रमका जीतपुरसिमरा उपमहानगरपालिका १ का वडाध्यक्ष हिराबहादुर गुरुङले प्रतियोगिताको उदघाटन गर्ने भएका छन् ।
जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १ को कार्यालयको मुख्य सहयोगमा दिब्य ज्योती युवा क्लबले आयोजना गर्न लागेको प्रतियोगितामा १६ टिमको सहभागिता रहनेछ । प्रतियोगितामा थानीमाई, सगरमाथा, एभरग्रिन, अल्लारे, चकरी, बिबिवाईसी, एसकेवाईसी, सिमरा युनाईटेड, सिमरा ब्वाईज, लामिडाँडा, हुलास, रामवन, औराह, सुन्दरबस्ती, शुभारम्भ र आयोजकले सहभागिता जनाउनेछन् ।
प्रतियोगिताको उदघाटन खेल थानीमाई र सगरमाथा फूटबल क्लबबीच हुनेछ । पुस ६ गतेसम्म संचालन हुने प्रतियोगिताको विजेताले २५ हजार र उपविजेताले १५ हजार नगद प्राप्त गर्नेछ ।
प्रतियोगितालाई नयाँ गोरेटो पुर्नस्थापना केन्द्र, शिवम ढुवानी सेवाले सह-प्रायोजकको रुपमा सहयोग गर्ने भएका छन् । यसैगरी लायन्स क्लब अफ सिमरा युथ, इयाङ् छ्रयुब छोईलिङ गुम्बा सहयोगी संस्थाको रुपमा रहनेछन् भने आईटी पार्टनरमा मुनसाईन टेक्नोलोजीको रहने आयोजकले जानकारी दिए ।
Discussion about this post