गढीमाईमा लाखौं श्रद्धालु भक्तजनहरुको भिड, सुरक्षाको उचित प्रबन्ध मिलाइएको : महागढीमाईका मेयर यादवको दाबी

383
SHARES
504
VIEWS

बारा । विश्व प्रसिद्ध पञ्चबर्षीय गढीमाईको मेलामा दिनप्रतिदिन श्रद्धालुभक्तजनहरुको घुइचो बढ्दै गएका छन् ।

प्रत्येक पाँच बर्षमा एक पटक लाग्ने गढीमाईको मेला यसपाली महागढीमाई नगरपालिकाको नगरप्रमुख एवं मूल मेला व्यवस्थापन समितिका अध्यक्ष उपेन्द्रप्रसाद यादवको अथक प्रयास मेहनेत तथा समितिका सदस्यहरुको साथ सहयोगका कारण मेलामा दैनिक लाखौं श्रद्धालु भक्तजनहरु गढीमाईको मन्दीरमा उपस्थित भई दर्शन गरिरहेका हुन् ।

नेपालमा मात्रै नभई छिमेकी मुलुक भारत सहित विश्वमा प्रसिद्धि प्राप्त रहेको बारा जिल्लाको महागढीमाई नगरपालिका वडा नम्वर १ बरियापुरमा अवस्थित हिन्दुहरुको शक्तिपिठको रुपमा स्थापित माता काली जगजननीको प्रत्येक पाँच बर्षमा हर्षोल्लासका साथ पुजा एवं मेला लाग्ने गर्दछन् ।

यहाँ आउने श्रद्धालु भक्तजनहरु मातासंग पवित्र हृदयले भाँकल माग्ने गरेको उक्त भाकल पुरा भएपछि यहाँ आएर गच्छ अनुसारको फुल प्रसाद, बलिमा राँगा, बोका वा अन्य केही चढाएर माता संग गरिएको बाचा पुरा गर्ने परमपरा रही आउदा प्रत्येक पाँच बर्षमा यहाँ भक्तजनहरुको ठूलो भिडभाड लाग्ने गरेको मेला मुल व्यवस्थापन समितिका अध्यक्ष यादवले बताए ।

मातासंग भाँकल माग्दा कबोल गरे अनुसारको बली प्रसाद चढाउन आउदा बलिप्रथाको विरोध गर्नेहरु पनि यहाँ कम छैनन् तर माताको अगाडी कसैको कुनै सिप चल्दैनन् र निर्वाध रुपमा आएर यहाँ भाँकल पुरा गर्ने गरेको उनले बताए ।

शुक्रवार विहानै देखि साँझ सम्म दशौं लाख मानिसहरु मन्दीरमा अवलोकन गरेको बुझिएको छ । श्रद्धालु भक्तजनहरुलाई असुविधा नहोस भन्दै पंक्तिबद्ध भई माताको दर्शन गर्न ब्यारेकेटिंग गरेर व्यवस्थित बनाइएको छ तथा विशेष पुजा गर्नका लागि पाँच सयको नगदी रसिद लिएर पनि जाने व्यवस्थान मिलाइएको मेला समितिले जनाएका छन् ।

मेलामा भक्तजनहरुलाई आकर्षण गर्न मौतको कुवा, सर्कस, थिएटर, रोटे पिंग, डुंगा पिंग, ट्रेन, रोलर कोष्टरका साथै विभिन्न आकर्षण एवं मनोरञ्जनले भरिपूर्ण रहेको गढीमाई मेलामा होटल, कष्मेटिक, फुल प्रसाद सहितका विभिन्न सामानहरुको पसललाई समेत व्यवस्थित बनाएर मेला लगाइएपनि कहिकतै कमजोरी भएमा सोको समयमै सुझाव दिए सुधारको प्रयास गरिने मेयर यादवले बताए ।

त्यती मात्रै नभई मेलालाई सभ्य एवं भव्य बनाउन व्यापक संख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगरप्रहरी, स्वंयम सेवकलाई खटाइएको जानकारी दिदै मेयर एवं मेला व्यवस्थापन समिति अध्यक्ष उपेन्द्र प्रसाद यादवले निशुल्क स्वास्थ्य सेवा देखि लिएर विभिन्न आकस्मिक सेवाको लागि पूर्ण रुपमा बन्दोबस्त मिलाइएको उनले स्पष्ट पारे ।

भोली शनिबार देखि मेलामा भिडभाड अत्याधिक हुने भएको हुँदा सुरक्षित भएर घुम्न एवं दर्शन गर्न आग्रह गर्दै आईतवार पञ्चबली पश्चात राँगा बली सुरु हुने र सोमवार बोका बलि हुने र उक्त कार्यको सम्पूर्ण तयारी पुरा भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित