बारा । सहयोगी पाईला कलैया १४ ले आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा तिन महिला सहित ३४ जनाले रक्तदान गरेका छन् । रक्तदान जिवन दान मुल मन्त्रलाई सार्थक बनाउदै उक्त संस्थाले गाउँ घरमा नै रक्तदान कार्यक्रमको बुधबार आयोजना गरेका थिए । गाउँघरमा पनि रक्तदान किन गर्नुपर्ने र रक्तदान गर्दा हुने फाईदाको बारेमा जानकारी गराउन रक्तदान कार्यक्रम संचालन गरेको आयोजक संस्थाले जानकारी दिएका छन् । आयोजक संस्थाको अध्यक्ष लक्ष्मी जयस्वालको अनुसार हामिले अस्पातालमा रगतको अभावमा भौतारिनु पर्ने समस्याको अन्त्य गर्न गाउँघरबाट नै रगत सँकलन गरी रक्तसँचार कार्यालयलाई उपलब्ध गराएको बताएका छन् ।
यस सँस्थाले आफु र आफ्नालाई जति थुपारे पुग्दैन; समाजमा मानविय प्रेरणा जागृत गराउन अरुको लागि केहि गरौं भन्ने नाराको साथ अगाडि बढीरहेको समेत जयस्वालले बताएका छन्। साथै यस सँस्थाले विभिन्न दाताहरु विभिन्न किसिमको कपडा, खेलकुद लगायतको समाग्रीहरु सँकलन गरी गरीब तथा विपन्न परिवारलाई हस्तान्तरण गर्दै आईरहेको छ ।
Discussion about this post