दलित पत्रकार संघ बाराको आयोजनामा निःशुल्क आँखा शिविरमा ३ सय १५ जना लाभान्वित

389
SHARES
512
VIEWS

बारा । राष्ट्रिय दलित पत्रराष्ट्रियकार संघ बाराको आयोजनामा निःशुल्क आँखा शिविर बुधबार सम्पन्न भएको छ । जसमा तिन सय १५ जना प्रत्यक्ष लाभान्वित भएका छन् । विश्रामपुर गाउँपालिका स्थित वडा नं ३ को वडा कार्यालय मुसहर्वामा बुधवार आयोजना गरीएको निःशुल्क आँखा शिविरमा तिन सय १५ जनाको चेकजाँच गरीएको छ । जसमा ७७ जनाको आँखामा मोतियाबिन्दुको समस्या देखा परेको छ । मोतियाबिन्दुको समस्या भएको बिरामीहरुलाई हेटौडा सामुदायिक आँखा अस्पताल हेटौंडाले निःशुल्क आँखाको शल्यक्रिया गर्ने जानकारी उक्त कार्यक्रममा अध्यक्षता ग्रहण गरेका राष्ट्रिय दलित पत्रकार संघ बाराको अध्यक्ष उपेन्द्र पासवानले दिएका छन् । उक्त कार्यक्रममा प्रमुख अतिथि विश्रामपुर गाउँपालिकाको गाउँपालिका अध्यक्ष जुल्फाकार अलि भुटोले मानिसको सबैभन्दा सम्बेदनशील अंग आँखा भएकोले पत्रकारहरुको संघले आँखा शिविर निःशुल्क संचालन गरेको देखेर धेरै नै खुशी भएको बताएका छन् । साथै आँखाको समस्या मानिसको जिवन नै अन्धकार हुने भएकोले सबैलाई उक्त शिबिरमा आई निःशुल्क सेवा लिन आग्रह समेत गरेका थिए। निशुल्क आँखा शिविरमा विशिष्ट अतिथि हेटोडा सामुदायिक आँखा अस्पताल हेटौंडाको डाक्टर शुसिल सिंह अतिथि विश्रामपुर गाउँपालिका वडा नं २ को वडा अध्यक्ष मनोज कुमार यादव, वडा सदस्य मन्जुर आलम माओवादी केन्द्रका लवकुश बैठा राष्ट्रिय दलित पत्रकार संघ बाराको उपाअध्यक्ष राजु बैठा, कोषाध्यक्ष श्यामबाबु हजरा, राष्ट्रिय दलित पत्रकार संघा मधेश प्रदेश पार्षद शर्मा बैठा लगायत स्थानीय भद्रभलादमीहरुको विशेष उपस्थिती कार्यक्रम सम्पन्न भएको थियो। भने कार्यक्रमको सँचालन राष्ट्रिय दलित पत्रकार संघ बाराको सचिव विरकेश पासवानले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित