गृहमन्त्री रमेश लेखकले गरे गढीमाईको दर्शन

384
SHARES
505
VIEWS

बारा । नेपाल सरकारको गृहमन्त्री रमेश लेखकले गढीमाई माताको दर्शन गर्नुभएको छ ।बुधवार बाराको महागाढीमाई नगरपालिकाको बरियारपुर पुगेर गृहमन्त्री रमेश लेखकले गढीमाई माताको दर्शन गर्नुको साथ साथै मेलाको अवलोकन तथा निरीक्षण गर्नु भएको छ ।

गृहमन्त्री रमेश लेखले गढीमाई मन्दिरका पुजारीको हाथ बाट टिका र प्रसाद समेत ग्रहण गर्नुभयो ।विश्व प्रसिद्ध गढीमाई मेलाले नेपाललाई अन्तर्राष्ट्रिय स्तर एउटै ठूलो पहिचान दिएकोले गढीमाई मन्दिरको संरक्षण लगाएत मेलालाई सभ्य र  भब्य बनाउनमा नेपाल सरकार प्रतिबद्ध रहेको गृहमन्त्री रमेश लेखकले बताउनु भयो ।गढीमाई मेलालाई ब्यवस्थित बनाउनको लागि आफुले सुरक्षाको दृष्टिकोणले कुनै पनि कसर बाकी नरहने गरि प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको मन्त्री लेखकले बताउनु भयो  ।

गढीमाई मेला पाँच बर्षमा एक पटक लाग्ने भएकोले मेलामा दर्शनार्थीहरुको चाप बढी हुने गरेकोले सुरक्षामा कुनै कसर बाकी नरहने आवश्यक परेमा ठप्प सुरक्षाकर्मीलाई मेलामा खटाईने गृहमन्त्री रमेश लेखकले सन्चारकर्मीहरु संगको कुराकानिमा बताए ।यता महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र प्रसाद यादवले गृहमन्त्रीले गढीमाई मेलाको अवलोकन गरेर सुरक्षा ब्यवस्थापनको बारेमा जानकारी लिनु भएको बताउनु भयो ।

गृहमन्त्रीले सुरक्षा ब्यवस्थापनमा गृह मन्त्रालयले कुनै कमि बाकी नरहने प्रतिबद्धता समेत गर्नु भएको बताउनु भयो ।विश्व प्रसिद्ध गढीमाई मेलामा अहिले दर्शनार्थीहरुको चाप बढेको छ ।मंसिर ०१ गते देखि सुरु भएको गढीमाई मेला मंसिर ३० गते सम्म चल्ने छ ।गढीमाई दर्शन गर्न आएका गृहमन्त्री रमेश लेखकलाई गढीमाई मेला मुल ब्यवस्थापन समितिले भब्य स्वागत गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित