निजगढको सहिद चोक र बजार क्षेत्रमा ठेलागाडा फुटपाथ पसल हटाउने

386
SHARES
508
VIEWS

बारा । बाराको निजगढ नगरपालिकाले सहिद चोक र बजार क्षेत्रको ट्राफिक व्यवस्थापन तथा नगरको स्वच्छतामा सुधार ल्याउने कार्यलाई प्राथमिकता दिएको छ । नगरपालिकाले बुधवार एउटा सूचना जारी गरेर बजार क्षेत्रमा पर्ने पूर्वपश्चिम राजमार्गको सडक किनारामा ठेलागाडामा राखेर सामान विक्री वितरण गर्ने र फोहोरजन्य पदार्थ जथाभावी फाल्ने कार्यमा रोक लगाएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजय बर्तोलाले हस्ताक्षर गरेर जारी गरेको सूचनामा लेखिएको छ, ‘नगरपालिकको सहिद चोक तथा बजार क्षेत्रमा ठेलाहरुमा सामान राखेर बिक्री वितरण गरी सडक अवरुद्ध गर्ने तथा फोहोरजन्य पदार्थहरुलाई जथाभावी फ्याँक्ने जस्ता कार्य गर्ने गरेको पाइएकोले उक्त कार्यहरु नगर्नु नगराउनु हुन सम्बन्धित सबैलाई सूचित गरिन्छ I’

यस योजनाको पालना सुनिश्चित गर्न नगरपालिकाले आगामी १५ दिनको समय पनि दिएको छ । सूचनामा अगाडि भनिएको छ । ‘उल्लेखित कार्य गरिरहेका सबैले आजका मितिले १५ दिनभित्र ठेलाहरु र फोहोरजन्य पदार्थको उचित व्यवस्थापन गरि सहिद चोक र निजगढ बजार आसपासको क्षेत्रलाई सफा र सुन्दर पार्ने काममा सहयोग गरिदिनुहुन अनुरोध छ ।’ नगरपालिकाको यस कदमलाई स्थानीयले स्वागत गरेका छन । बजार क्षेत्रलाई व्यवस्थित बनाउन यो निर्णय प्रभावकारी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित