बारा । मधेश प्रदेशको गृह सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखिले विश्व प्रसिद्ध गढीमाई मेलाको अवलोकन तथा निरीक्षण गरेका छ ।शनिवार बाराको बरियारपुर पुगेर मन्त्रालयका टोलि सहित मेलाको अवलोकन तथा निरिक्षण गरिएको हो ।
गढीमाई मेलाको अवलोकन तथा निरीक्षण पछि महागढीमाई नगरपालिकामा आयोजित छलफल कार्यक्रममा प्रदेशका गृह सञ्चार तथा कानुन मन्त्री लेखिले मधेश एकै महिनामा २ वटा ठूलो मेला लाग्ने भएकोले सुरक्षामा कुनै किसिमको कसर बाँकी नरहने गरि गृह मन्त्रालयले काम गरिरहेको बताए ।
हरेक पाँच/पाँच बर्षमा लाग्ने गढीमाई मेलामा दर्शनार्थीहरुको धेरै भिड हुने भएकोले सुरक्षा ब्यवस्थापनमा कुनै कसर बाँकी नरहने मन्त्री लेखिले बताए । बिवाह पन्चमीको अवसरमा जनकपुरमा समेत ठूलो मेला लाग्ने भएकोले अहिले प्रदेश सरकारको ध्यान जनकपुर र बरियारपुरमा लाग्ने गढीमाई मेलामा केन्द्रित रहेको समेत मन्त्री लेखिले बताए ।
गढीमाई धार्मिक र पर्यटकीय हिसाबले पनि एउटा ठूलो अस्था बोकेको मन्दिर रहेकोले यसको संरक्षणमा केन्द्र सरकार र प्रदेश सरकारको ध्यान अहिले केन्द्रित रहेको मन्त्री लेखिले छलफलको क्रममा बताए ।
मंसिर ०१ गते देखि सुरु भएको बिश्व प्रसिद्ध गढीमाई मेला भब्य र सभ्य बनाउनको लागि महागढीमाई नगरपालिकाको नगरप्रमुख लगाएतको टोलि दिनरात एक गरेर मेलाको ब्यवस्थापनमा कुनै कसर बाँकी नरहने काम गर्नु नै मेलाको ठूलो सफलता रहेको समेत मन्त्री लेखिले बताए ।
मन्त्री रामकुमार लेखिले गढीमाई मेलाको ब्यवस्थापनको बारेमा के कसो भईरहेको छ यहाँ अति अवश्यक्त के छ भन्ने बिषयमा नगरप्रमुख यादव संग जानकारी समेत लिएका थिए ।
Discussion about this post