आदर्श सदावहार सामुदायिक वन समूहको साधारणसभा सम्पन्न

385
SHARES
507
VIEWS

बारा । बाराको निजगढनगरपालिका वडा नम्बर ९ स्थित आदर्श सदावहार सामुदायिक वन उपभोक्ता समुहको आठौं साधारण सभा मंगलवार सम्पन्न भएको छ ।

साधारण सभाले समूहका अध्यक्ष रामप्रसाद पाण्डेले प्रस्तुत गरेको प्रगति प्रतिवेदन र बबिता श्रेष्ठले पेस गरेको आर्थिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ । कार्यक्रममा समूहको लेख समितिका संयोजक बद्री चिमोरियाले लेखा समितिको प्रतिवेदन पेस गरेका थिए ।

सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) बाराका अध्यक्ष रामजी बजगाईको प्रमुख आतिथ्यतामा भएको सो सभामा निजगढ नगरपालिका वडा नम्बर ९ का कार्यबहाक वडा अध्यक्ष चित्रप्रसाद चौलागाई, वडा सदस्य वविता श्रेष्ठ, फेकोफन निजगढ नगर संयोजक कुशबाहदुर थापा, सबडिभिजन बन कार्यालय निजगढका रेञ्जर निरज पोखरेल, समूहका पूर्वअध्यक्ष कर्णबहादुर लामालगायतको उपस्थिति रहेको थियो । अध्यक्ष पाण्डेको अध्यक्षतामा भएको सो कार्यक्रममा सचिव बबिता सापकोटाले स्वागत मन्तव्य र उपाध्यक्ष दिपककुमार श्रेष्ठले कार्यक्रमको सहजीकरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित