गढीमाई मेलाको शान्ति सुरक्षा व्यवस्था कायम राख्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाल आर्मी परिचालन गर्ने

397
SHARES
523
VIEWS

बारा । विश्वप्रसिद्ध तथा एसियाकै ठूलो बली मेला भनेर चिनिने गढीमाई पन्चवर्षिय मेला यहि मंसिर १ गते सँचालन भई मँसिर ३० सम्म हुने भएकोले मेलाको शान्ति सुव्यवस्था कायम राख्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाल आर्मी परिचालन हुने भएको छ । मंसिर १ गतेदेखि मेला संचालन भएपनि हाल खासै चहलपहल नभएको र विश्वमा पशु बलिको लागि प्रख्यात भएकोले पशु बलिको समयमा अत्यधिक भिडभाड हुने भएकोले मेलामा शान्ति सुव्यवस्था कायम राख्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाल आर्मी परिचालन हुने जिल्ला प्रहरी कार्यालय बाराको प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक महेन्द्र खड्काले बताएका छन ।

प्रहरी उपरीक्षक खड्काले बुधवार पत्रकार सम्मेलनको आयोजना गरी मेलामा हुने गतिविधीको बारेमा जानकारी गराउदै नेपाल प्रहरी र ट्राफिक गरी एक हजार चार सय ६६ प्रहरी परिचालन गरिने जानकारी दिएका छन् । साथै सशस्त्र प्रहरी बल नेपालले पनि सात सय भन्दा सशस्त्र प्रहरी खटाउने योजना रहेको बताउदै नेपाल आर्मिले शिबिर संचालन गरी खटिने जानकारी दिएका छन् ।

त्यस्तै मेला हुने अपराधिक क्रियाकलापलाई निरुत्साहित पार्न सदा पोशाकमा समेत प्रहरी परिचालन हुने बताउदै गढिमाई मेलामा चार सय सिसिटिभी क्यामेरा जडान गरी निगरानी गरिने समेत प्रहरी उपरीक्षक खड्‌काले बताए ।

मेलामा शान्ति सुव्यवस्था कायम गर्न सरोकार बाला सम्पुर्ण निकायसँग समन्वय गर्दै ठाउँ ठाउँमा के गर्न मिल्ने ? र के गर्न नमिल्ने ? भनि होडिङ्ग बोर्डहरु राख्ने योजना रहेको छ । मेलामा भिआइपी र भिभिआईपीहरुको समेत आगमन हुने भएकोले बैकल्पिक बाटो समेत बिकल्प गरीएको छ । उक्त बैकल्पिक बाटो भएर अतिआवश्यक गाडी मात्र आवत जावत गर्ने व्यवस्था गरीने जानकारी दिएका छन् ।

विश्व प्रसिद्ध गढीमाई मेलामा शान्ति सुव्यवस्था कायम गर्न प्रहरीले कुनै किसिमको कसर बांकी नराख्ने समेत प्रहरी उपरीक्षक खडकाले जानकारी दिएका छन् । साथै पन्चवर्षीय गढिमाई मेलामा हुने बलिको फोटो भिडियो खिच्न बनाउन र सामाजिक संजालमा पोष्ट गर्न निशेध गरीएको जानकारी दिएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित