गढीमाई मेलामा कृषि एक्स्पो २०८१ को आयोजना हुने

392
SHARES
516
VIEWS

बारा । किसानलाई प्रविधि र बजारसँग जोड्ने उदेश्यले किसान, व्यापारी कृषि विज्ञ, सरकारी निकाय र कृषि सँग सरोकार राख्ने अभियन्ताहरुको जमघट गराउने उदेश्यले विश्वप्रसिद्ध गढीमाई मेलामा कृषि एक्स्पो २०८१ को आयोजना हुने भएको छ ।

कलैया स्थित उधोग वाणिज्य संघको सभाहलमा कनेक्ट किसान प्राईभेट लिमिटेड बानेश्वर काठमाडौंले बुधबार पत्रकार सम्मेलन गर्दै एक्स्पोमा कृषिका विभिन्न विधाहरु जस्तै कुखुरापालन, माछापालन, बाख्रापालन, गाई भैंसी पालन, डेरी लगायत कृषिका नविनतम औजार, उपकरण, केराखेती, थोपा सिचाई, विषादी रहित कृषि इत्यादीका बारेमा जानकारी गराईने बताईएको छ । एक्स्पोबाट देश भरीबाट बढी भन्दा बढी उद्यमी अनुसन्धानकर्ता, विद्यार्थी संघ संस्थाका प्रतिनिधि लगायत आम कृषकहरुले प्रर्दशनीमा आधुनिक प्रविधिहरुको जानकारी प्राप्त गर्नेछन्, एक अर्का सँग प्रत्यक्ष भेटेर सम्बन्ध विकास गर्न सक्नेछन र आधुनिक कृषि प्रविधिको प्रयोगमा बढोत्तरी हुने जानकारी किसान संस्थाको मेला संयोजक संजिता लामिछाने प्रत्रकार सम्मेलन गरी बताएकी छिन ।

साथै यस एक्स्पोमा कृषकहरुका समस्याहरुलाई समाधान गर्ने उद्देश्यले कृषिका विभिन्न विषयमा स्वदेशी विज्ञहरुद्वारा सेमिनार आयोजना हुने तथा देश भरी बाट आउने कृषकहरुलाई कृषि प्रविधि, कृषिका विभिन्न विधाहरुको बारेमा जानकारी गराउने कार्यक्रम समेत रहेको लामिछानेले बताएकी छिन । निशुल्क प्रवेशको व्यवस्था गरिएको उक्त एक्स्पोमा कृषि कर्मलाई सहज र किफायती बनाउन मद्दत पुर्याउने साना साना औजार, मेशिनदेखी लिएर डेरी ऐशिनरी श्रीफलाफल कृषि जन्यउद्योगमा प्रयोग हुने उपकरणहरु गरिने तथा नेपालको कृषि क्षेत्रको यान्त्रीकीकरणमा सहयोग पुर्याउन यो एक्स्पो कोशे ढुंगा सावित हुने विश्वास रहेको समेत लामिछाने बताएकी छिन ।

त्यस्तै कनेक्ट किसान सँस्थाको बोर्ड मेम्बर राजन दहालले यस संस्थाले किसानहरुलाई सशक्तिकरण गर्दै बजारसंग जोड्‌ने उदेश्यले विगत २ वर्ष देखि कृषिमा आर्टिफिसियल इन्टेलिजेन्स र डिजिटल प्रविधिको बिकासमा कार्य गरिरहेको जानकारी गराएका छन् । यहि उदेश्यका साथ ५ वर्षको अन्तरालमा लाग्ने गढीमाई मेलामा सहभागी जनाउन आउने भक्तजन र उर्भर भूमि तराईमा खेती गर्दै आएका किसानहरुलाई प्रविधि र बजारसंग जोड्ने उदेश्यले किसान, व्यवसायी, कृषि विज्ञ, सरकारी निकाय र कृषि संग सरोकार राख्ने अभियान्ताहरुको जमघट गराउने उदेश्यले कृषि एक्स्पो २०८१ आयोजना गरिएको जानकारी गराएका छन् । यहि मंसिर १८ देखि २४ गते सम्मबचल्ने एक्स्पोमा २ लाख बढिले अवलोकन
गर्नुका साथै ५ करोड भन्दा बढिको आर्थिक कारोबार हुने लक्ष्य लिएको बताउदै एक्स्पोमा १ सय ५० भन्दा बढि स्टलहरुको ब्यवस्था गर्न लागिएको छ । अवलोकन कर्ताले कृषिमा भित्रिएको नविनतम प्रविधि देखि मल, बीउ, परामर्श सबै एकै ठाउँबाट प्राप्त गर्न सक्ने छन् । एक्स्पोको प्रमुख आर्कषणमा कृषि सेमिनार रहेको छ भने किसानहरुले विज्ञहरुसंग निशुल्क परामर्श लिनुका साथै भलाकुशारी गर्ने अवसर समेत पाउने बिश्वास लिईएको दहालले जानकारी गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित