बारा । बाराको महागढीमाई नगरपालिका -०१ बरियारपुरमा मंसिर ०१ गते देखि सुरु भएको विश्व प्रसिद्ध गढिमाई मेलाको अवलोकन तथा निरीक्षण गर्ने क्रम जारी नै रहेको छ । विश्व प्रसिद्ध गढीमाई मेलाको केन्द्र देखि लिएर प्रदेश मातहतका मन्त्री लगाएत पार्टीका नेताहरु अहिले मेलाको अवलोकन तथा निरिक्षण गर्ने गरेको मेला मुल समितिले जनाएको छ ।
बुधवार मधेश प्रदेशको मुख्यमन्त्री सतिश कुमार सिंहले विश्व प्रसिद्ध गढीमाई मेलाको अवलोकन तथा निरिक्षण गरेको छ । गढीमाई मेलाको अवलोकन तथा निरिक्षण गर्नु अगाडि मुख्यमन्त्री सतिश कुमार सिंहले गढीमाई मन्दिरमा पुगेर दर्शन गरेर पूजा समेत गरेको मेला मुल समितिले जनाएको छ ।
गढीमाई मेलालाई सभ्य र भब्य बनाउनको लागि आफुले प्रदेशका विभिन्न मन्त्रीलाई मेलाको अवलोकन तथा निरीक्षण गर्न पठाएको मुख्यमन्त्री सिंहले बताए । गढीमाई मेलालाई सफल बनाउन मधेश प्रदेश लागि परेको र मधेश प्रदेश सरकार आवश्यक पर्ने उपकरण लगाएत अन्य समाग्री सहयोग गर्न तयार रहेको मुख्यमन्त्री सिंहले बताए । गढीमाई मन्दिरलाई विश्व सम्पदाको सुचिमा समावेश गर्नको लागि प्रदेश सरकारले केन्द्र सरकारलाई खचखचाउने मुख्यमन्त्री सिंहको भनाई रहे । गढीमाई मेलाको अवलोकन तथा निरिक्षण गर्न आउनु भएको मुख्यमन्त्री सतिश कुमार सिंहलाई महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र प्रसाद यादवले फूलमाला लगाई स्वागत गरेका थिए ।






















Discussion about this post