दिपेन्द्र जयसवाल/गंजभवनी । बाराको करैयामाई गाँउपालिका-५ मा रहेको श्री नेपाल आधारभुत बिधालय ढोढियामा ढोढीया स्टार युवा क्ल्बले आँखा शिविर आयोजना गरेको छ । आयोजनामा महिला र पुरुष गरि १ सय ५० जनाले आँखा परिक्षण गरेका थिए । उक्त शिविरमा नेपाल आँखा अस्पाताल छेनारी फतिमा आँखा उपचार केन्द्र औरहा सिमराको प्रबिधिक सहयोगमा शिबिर सम्पन भएको हो ।
फतिमा आँखा उपचार केन्द्र सिमराको नेत्र चिकित्सक डा. अमितकुमार साहको नृत्वमा गएको नेत्र चिकित्कसकहरु शबुजन घिमेरे, शिव कुवर, पुनिता चौधरीलगायतको नेत्र चिकित्कहरुले आँखा बिरामीहरुको आँखा परिक्षण गरेका थिए । १ सय ५० जना मध्ये ५० जनामा मोति़ाया बिन्दु देखा परेका छन । मोतिय विन्दु देखा परेका विरमीको नेपाल आँखा अस्पताल छेनारी फतिमा आँखा उपचार केन्द्र सिमरामा निः शुल्क शल्यक्रिया गरिने छ । मोतिया विन्दुको शल्यक्रिया आगामी आउदो बुधवारको दिन हुने आयोजक कल्बको अध्यक्ष सुशील चौधरीले जनकारी दिए ।
Discussion about this post