वसन्त लामा/सिगौल ।
रौतहटको चन्द्रपुर नगरपालिकाको वडा नम्बर ३ गैडाटारबाट जनतासंग माननीय भन्ने नाराको साथमा अभियान सन्चालन गरिएको छ ।
मंसिर ४ गते बुधबार बिहानबाट गैडाटार ३ मा रहेको तिमल्सिना मेडिकल परिसरबाट अभियान सुरु गरिएको हो ।
कार्यक्रमको प्रमुख अतिथी रौतहट क्षेत्र नम्बर ४ बाट निर्वाचित नेकपा (माओबादी केन्द्र) का प्रदेश सामसद युवराज भट्टराई रहेका थिए ।
यसकार्यक्रमले गैडाटारमा बरषौ देखिको जनताले भोट दिएर जिताएको जनप्रतिनिधिहरु ५ वर्ष सम्मापनिमा पनि फर्केर नआउने गरेको प्रथा लाई अन्त्य गर्न खोजेको हो ।
कार्यक्रममा वडा नम्बर ३ को वडा अध्यक्ष बोधनाथ देवकोटा (रबि) बाट आफ्नो कार्यकालमा स्थानिय जनता सम्म केकतिको बिकास गरियो र गर्न बाँकी रहेको कामको बिवरण आफ्नो भनाइ राखेको छ ।
जनता संग माननीय भन्ने कार्यक्रममा नेकपा (माओबादी केन्द्र) को वडा कमिटी अध्यक्ष ज्ञानमान वाइवा इन्चार्ज उतर बहादुर थापा पार्टी सदस्यहरुलगायत स्थानियको उपस्थिती रहेका थिए ।
स्थानियले पुर्व उधोग तथा पर्यटन मन्त्री युवराज भट्टराई समक्ष गैडाटारमा गर्नु पर्ने बाकी रहेको बिकासको पुर्वधारका काम बारे आग्रह समेत गरेका छन ।
गैडाटारमा रहेको प्रमुख समस्य खानेपानी र पूल रहेकोले यसप्रती आफनो जिउज्यान लगायर सम्बन्धित निकाय संग पहल गरिने भट्टराईले बताए ।
Discussion about this post