७८ हजार घुससहित पक्राउ परेका सिम्रौनगढका निमित्त प्रशासकीय अधिकृत साह विरुद्ध आरोप पत्र दायर

384
SHARES
505
VIEWS

बारा । बारा जिल्ला सिम्रौनगढ नगरपालिकाको निमित्त प्रशासकीय अधिकृत वीरेन्द्र साह कानु विरुद्धब७८ हजार घुससहित पक्राउ परेका आरोप पत्र दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा घुस रकम बराबरकै बिगो रकम दाबीसहित विशेष अदालत, काठमाडौंमा साह विरुद्ध शुक्रबार आरोप पत्र दायर गरेको हो ।

उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौडाबाट खटिएको टोलीले ८ कार्तिकमा बिल भुक्तानी गरेबापत सेवाग्राहीसँग घुस माग गरिरहेको उजुरी आधारमा कलैयाबाट पक्राउ गरेको थियो ।

साह गत असार तेस्रो साताबाट सिम्रौनगढको निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका थिए । मन्त्रालयले नगरपालिकामा कार्यरत वरिष्ठ कर्मचारीमध्ये अधिकृत सातौँ तहका साहलाई प्रमुख प्रशासकीयको जिम्मेवारी दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित