सनातन धर्म रक्षा मन्चको ६९ औ सत्संग गोष्ठी सिम्रौनगढमा सम्पन्न

383
SHARES
504
VIEWS

बारा । सनातन धर्म रक्षा मन्चको ६९ औ सत्संग गोष्ठी आज विहिवार बाराको सिम्रौनगढमा सम्पन्न भएको छ । सिम्रौनगढ नगरपालिकाको वडा नम्बर ८ कचोर्वाको बलुआटा मठको प्राङ्गणमा सत्संग गोष्ठी सम्पन्न भएको हो ।

आत्मबोध समाज निर्माण, हत्या हिन्सा रहित समाज निर्माण, नशा मुक्ती समाज निर्माण, भेदभाव रहित समाज निर्माणको उदेश्य रहेको गोष्ठीमा प्रवचनकर्ताहरुले उदेशयलाई मध्य नजर राख्दै आफ्नो प्रवचन दिएका थिए । सनातन धर्म रक्षा मञ्चका अध्यक्ष ओमप्रकाश ठाकुरको अध्यक्षतामा भएको गोष्ठीमा बैकुण्ठ प्रसाद जयसवाल, संजय शास्त्री, राजमङ्गल बाबा, मेघनाथ बैरागी, महेन्द्रप्रसाद यादवलगायतले प्रवचन दिएका थिए ।

कार्यक्रमको उदघाटन भगवान शिवको पुजा गरि महा मृत्युन्जय मन्त्र बृहत हवन आरतीका साथै भण्डारा पनि गरिएका थिए । गोस्ठीको सहजीकरण भने सनातन धर्म रक्षा मन्चका सचिव बैकुण्ठप्रसाद जयसवालले गरेका थिए । गोष्टीमा विश्व हिन्दु परिषद शाखा सिम्रौनगढका अध्यक्ष रामबिलास प्रसाद साह, सिम्रौनगढ नगरपालिकाका पुर्व मेयर बिजयशंकर यादवलगायत करिव २ सय जति महिला पुरुष भक्तजनहरुको उपस्तिथि रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित