दिपेन्द्र जयसवाल/बारा । जितिया बहुउद्देश्यीय सहकारी संस्थाले छैठौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । बिहिबार (२९ गते) सो साधारण सभा सम्पन्न गरेको हो ।
संस्थाका अध्यक्ष भुवन चौधरीको अध्यक्षता भएको उक्त साधारण सभामा कोल्हवी नगरपालिकाको नगर प्रमुख रामप्रसाद चौधरीले पानसमा दिपप्रज्वलनगरि उदघाटन गरेका थिए । कोल्हवी नगरपालिका वडा नम्बर १ स्थित थारु सदन परिसरमा आयोजित समापन कार्यक्रममा प्रमुख अतिथि चौधरीले सहकारी क्षेत्रमा देखिएका समस्या कोल्हवी क्षेत्रमा नभएको र नगरपालिकामा गुनासो नआएको बताए । केही अप्ठ्यारा परिस्थितिकाबीच सहकारी संस्थाहरु सञ्चालन भइरहेको बताउँदै नगर प्रमुख चौधारीले पछिल्लो समयमा देखिएका केही घटनाले बारामा खासै समस्या उत्पन्न नभएको बताए । केही खराब व्यक्तिका कारण सहकारी क्षेत्रमा समस्या देखिएको समेत उनले बताए । कार्यक्रममा कोल्हवी नगर पालिका वडा नम्बर १ का वडा अध्यक्ष राजहरण चौधरी तामागढी अस्पताल प्रा.लि का संचालक बिवेक चौधरी, तामागढी वन व्यवस्थापन समितीका अध्यक्ष रविन्द्र पनुहर, शान्ति बृद्ध फाउण्डेशनका प्रेमनारायण चौधरी, समाजसेवी कपीलदेव चौधरी, जनशक्ति कल्ब कोल्हवीका अध्यक्ष खुशी चौधरी, जचु चौधरी र श्री मणी माध्यमिक विद्यालय थस्कौलका पुर्व प्रधानाध्यापक जनार्दनप्रसाद चौधरीलगायतको उपस्तिती रहेको थियो कार्यक्रममा सस्थाको वार्षिक प्रतिवेदन संस्थाका अध्यक्ष भुवन प्रसाद चौधरीले प्रस्तुत गरेका थिए भने लेखा प्रतिवेदन संस्थाको लेखा संयोजक कृष्णप्रसाद चौधरीले गरेका थिए । संस्थामा असार मसान्तसम्म ७ सय २३ शेयर सदस्यहरु आबद्ध रहेको सो प्रतिवेदनमा समावेश छ ।
यस्तो छ वित्तीय अवस्था
आर्थिक वर्ष २०८०/०८१ सम्म आईपुग्दा संस्थामा १ करोड ८६ लाख ५ सय अनुमानित कारोबार भएका संस्थाका अध्यक्ष चौधरीले प्रस्तुत गरेका थिए । कार्यक्रम संञ्चालन भने रामनाथ चौधरीको रहेका थिए ।






















Discussion about this post