बारा । बारा जिल्लाको कोल्हवी स्थित वैदेशिक रोजगार बोर्डको सचिवालयले दुई दिने गोष्ठी संचालन गरेको छ । बोर्डले बारा, पर्सा र रौतहट जिल्लाका ४८ स्थानिय तहको रोजगार सेवा केन्द्रमा कार्यरत कर्मचारिहरुका लागि दुई दिने कार्यशाला गोष्ठी संचालन गरेको हो । कोल्हवी स्थित होटल रोज उडको सभाहलमा गोष्ठी संकलन भैइरहेको छ ।
कार्यक्रमको सभापतित्व बैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक द्वारिका उप्रेतिको रहेको थियो भने प्रमुख अतिथी बारा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य अच्युत मैनालीले व्यानर बाचन गरेर उदघाटन गरेका थिए । त्यसैगरी बिशिस्ट अतिथिहरुमा कोल्हवी नगरपालिकाकी उपप्रमुख लक्ष्मीकुमारी चौधरिको, वडा नम्बर ४ का वडा अध्यक्ष बिष्णुप्रसाद मैनाली, वडा नम्बर ३ का वडा अध्यक्ष किशुनदयाल चौधरी, ईलाका प्रहरी कार्यालय कोल्हविका प्रमुख किशन बस्नेत, शसत्र प्रहरी बेश क्याम्प कोल्हविका प्रमुख सुरेश घलान रिटर्नी फेडरेसनका केन्द्रिय उपाध्यक्ष रामकृष्ण घिमिरेलगायतले अतिथिको असन गरेका थिए ।
कार्यक्रमको स्वागत मन्त्ब्य रोजगार बोर्डका सचिवालय सदस्य निर्देशक टिकाराम ढकालले गरेका थिए । प्रमुख अतिथि बारा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य अचुत मैनालीले पछिल्लो समय यस बैदेशिक रोजगार बोर्डले मधेश प्रदेशमा आफ्नो भुमिका सर्हानिय तरिकाले अगाडि बढिरहेकोमा मधेस प्रदेश क्षेत्रका बैदेशिक रोजगारमा गएकाहरुलाई समस्या ठगी अथवा कुनै त्यस्ता समस्या आईपरेमा कहाँ कसरी सम्पर्क गर्द्दा सहज हुने कुरालाई अझ स्थानिय तहमै गएर गरेको भन्दै वैदेशिक रोजगारलाई आफुले गर्नु पर्ने सहयोग सधैं रहने बताए ।
कार्यक्रममा बाराका विभिन्न स्थानीय संचारकर्मी र राष्ट्रिय स्तरका संचारकर्मीहरु सहभागीता रहेका थिए । कार्यक्रमको सन्चालन भने कल्पना रेग्मीले गरेकी थिइन । उक्त कार्यशाला गोष्ठी भोलि वुधावार २८ गते सम्म चल्नेछ ।






















Discussion about this post