बारा । तामाङ्ग सेलो “तामाङ्ग ह्वाईरी स्याई” बोलको गीतले चर्चा बटुलेका गायक विरु घलानको नयाँ गीत बजारमा आउने भएको छ । उनले हालै “सल्लाहले मान्छेउ की” बोलको युगल गीत गाएका छन । साम्तेन मोक्तानको शब्द तथा संगीत रहेको गीतमा घलानलाई गायनमा गायिका सुमिना लोले साथ दिएकी छिन ।
गीतको सबै काम सकिएको र अगामी मंसिर महिनाको पहिलो हाप्ता सार्वजनिक गर्ने तयारीमा रहेको गायक घलानले जानकारी दिए । उनले अबको एक हप्ता भित्र अडियो गित सार्वजनिक हुने बताएको छ । गितमा सानुबाबु घिसिङ्गको एरेन्ज र मिक्सिङ रहेका छन । गितलाई राम्रो बनाउने प्रयास गरेको र गीतमा समाजलाई केहि नयाँपन झल्काउने खालका कथा वस्तु समेट्ने प्रयास गरेको गायक घलानले बताए । “मर्दको माया, देउराली भान्ज्याङ्ग र तामाङ्ग ह्वाईरी स्याई” लगायतका गितहरु बजारमा ल्याएको घलान गीत सँगीतमै स्थापित हुने लक्ष्यका साथ यस क्षेत्रमा सक्रिय छन् । उनले हालसम्म एउटा तामाङ्ग सेलो गितमा अभिनाय समेत गारीसकेको छ । त्यस्तैगरि उक्त “सल्लाहले मान्छेउकी” गितमा गजेन्द्र नारायण यादव, रमेश तामाङ्ग, बिमल बोहरा, अच्युत अधिकारी, शम्भु लामा, निर्माण लामा, गणेश काफ्ले, माया घलान्, राजकुमार आले मगर, पूर्ण गोम्जा, सोम गोम्जा, प्रकाश सुनार, आकाश बलामी, विशाल आले मगर र सुजन तामाङ्गको पनि महत्वपुर्ण साथ सपोर्ट र विषेश भुमिका रहेको अभिनेता तथा गायक घलानले बताए ।
Discussion about this post