निजगढ तिलगंगा आँखा अस्पतालको बुधवार उदघाटन हुने

524
SHARES
690
VIEWS

बारा । निजगढमा निर्माण भएको निजगढ तिलगंगा सामुदायिक आँखा अस्पतालको बुधवार एक कार्यक्रमबीच उदघाटन गर्ने तयारी गरिएको छ ।
निजगढ ९ स्थित अस्पताल रोडमा निर्माण गरिएको अस्पतालले उदघाटनसंगै नयाँ भवनबाट सेवा पनि शुरु गर्ने जनाइएको छ ।

अस्पतालका प्रोजेक्ट म्यानेजर रामगोपाल प्याथले दिएको जानकारी अनुसार मधेस प्रदेशका मुख्यमन्त्री सतिसकुमार सिंहले कात्तिक २८ गते विहान अस्पतालको उदघाटन गर्ने कार्यक्रम रहेको छ । अस्पतालबाट बहिरंग सेवा, विशेषज्ञ सेवा, विस्तारित सेवा र नियमित शल्यक्रिया सेवा संचालन गर्ने उनले जानकारी दिए । अष्ट्रेलियन दातृ संस्था फ्रेड होलोज फाउन्डेसनको करिव १९ करोड लगानीमा निजगढ-९ स्थित अस्पताल रोडमा २०७८ सालबाट अस्पताल निर्माण शुरु भएको थियो । ५ वर्षभित्र निर्माण हुने अनुमान गरिएको सो अस्पताल तोकिएको समयभन्दा अघि नै सम्पन्न भएको छ ।

उदघाटन कार्यक्रममा विश्व प्रसिद्ध आँखा विशेषज्ञ सन्दुक रोइत, लोकप्रिय हास्यकलाकार, हरिवंश आचार्यलगायतको सहभागिता रहने बताइएको छ । तिलगंगा नेत्र अस्पतालले आँखा उपचारमा सर्वसाधारणको पहुँच विस्तारको लागि निजगढमा अस्पताल खोलेर उपचार सेवा प्रदान गर्न लागेको हो । तिलगंगा नेत्र चिकित्सालयले हाल प्राथमिक स्वास्थ्य केन्द्र परिसरमा स्टल राखेर उपचार सेवा प्रदान गर्दैआएको छ ।


अस्पतालले समुदाय र विद्यालय स्तरमा आँखा सम्बन्धि सचेतनामूलक कार्यक्रम र निःशुल्क उपचार शिविरमार्फत् आँखा उपचार सेवा समेत प्रदान गरिरहेको छ । यसैबीच तिलगंगा सामुदायिक आँखा अस्पतालले आयोजना गरेको शिवीरमा ३९ जना बिरामीको मोतियाबिन्दुको शल्यक्रिया गरिएको छ । शनिवारबाट शुरु भएको सो शिविरको पहिलो दिन निजगढ र रौतहटको बृन्दावन नगरपालिकाका २ सय ५ जना विरामीको आँखा परीक्षण गरिएकोमा ३९ जनामा मातियाबिन्दु फेला परेको थियो । ३ दिनसम्म चल्ने सो शिविरमा ४ जनाको आँखा परीक्षण गर्ने अस्पतालको तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित