निजगढ तेक्वान्दो डोजाङद्वारा आयोजित दोश्रो जुनियर जिल्ला स्तरीय खुल्ला  तेक्वान्दो प्रतियोगिता भोलि कात्तिक १० गते

426
SHARES
561
VIEWS

बारा । भोलि कार्तिक १० गते दोश्रो जुनियर जिल्ला स्तरीय खुल्ला तेक्वान्दो प्रतियोगिता हुने भएको छ ।
नेपाल तेक्वान्दो संघ निजगढ डोजाङको आयोजनमा हुने यो प्रतियोगितामा १२ वटा गोल मेटलका लागि ८० जना खेलाडीहरुले प्रतिस्पर्धा गर्दै छन । विभिन्न तौल समूहगरी जिल्ला  जुनियर खेलाडीहरुलाई ७ वटा डोजाङको सहभागीता रहने आयोजक चित्रबहादुर लामा (नन्दु)ले जानकारी दिएको ।
यस प्रतियोगितामा बारा जिल्लाका विभिन्न डोजाङहरुले सहभागीताको सहमति जनाई सकेका छन । जस मध्य निजगढ डोजाङ, नेत्रोदय डोजाङ, स्मार्ट सिटी डोजाङ, कोल्हवी भैरव डोजाङ, कलैया डोजाङ, लायन्स डोजाङ र सिङ्गौल डोजाङलगायत ७ ओटा डोजाङको खेलाडीहरु प्रतिस्पर्धामा उत्रिने छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित