जिल्ला प्रहरीको प्राङ्गणबाट, प्रख्यात काठ तस्कर सहनी पक्राउ

401
SHARES
527
VIEWS

बारा । डिभिजन बन कार्यालय बाराले एक जना प्रख्यात काठ तस्करलाई पक्राउ गरेको छ । लामो समय देखि वन कार्यालयको फरार सुचिमा रहेका करैयामाई गाउँपालिका वडा नं.५ तेतरिया बस्ने बर्ष ४३ का रामपुकार सहनीलाई  डिभिजन बन कार्यालय बाराले पक्राउ गरेको हो ।
सहनीले केहि दिन पहिला बाराका एक जना पत्रकारलाई आफु बिरुद्द समाचार तथा स्टाटस लेखेको भन्दै धम्काउँदै समाजिक सञ्जालमा गालीगलौज गरेका थिए । पत्रकारको निबेदनको आधारमा जिल्ला प्रहरी कार्यालय बाराले जिल्लामा बोलाएको थियो ।

जिल्लामा आएको मौका छोपि वन डिभिजन कार्यालय बाराका वन रक्षकटोली जमदार नागेन्द्र बैठाको कमाण्डमा गएको टोलीले जिल्ला प्रहरी कार्यालय बाराको प्राङ्गणबाटै सहनीलाई नियन्त्रणमा लिएर डिभिजन बन कार्यालय सिमरा ल्याएको छ ।
उनलाई वन कार्यालयको थुनुवा कक्षमा राखिएको जनाईएको छ । बारम्बार गाउँबाटै नियन्त्रणमा लिन सहनीलाई प्रयास गर्दा पनि वन रक्षक टोली केही स्थानीयको प्रयासले बिफल हुँदै आएको थियो ।

डिभिजन वन कार्यालय बाराका डिभिजनल बन अधिकृत राजिव कुमार झाले पक्राउ परेका सहनी वन कार्यालयको फरार प्रतिबादीको सुचिमा रहेको बताए । उनलाई पक्राउ गर्न २०७९ साल भाद्र १२ गते पक्राउ पुर्जी जारी समेत रहेको बताए ।

यस सम्बन्धमा थप अनुसन्धान भईरहेको डिभिजन बन कार्यालय बाराले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित