दिपेन्द्र जयसवाल/बारा । बाराको कोल्हबी नगरपालिका वडा नम्बर ७ धोधरपामा महिला प्रजनन स्वास्थ्य सम्बन्धि र महिला सशक्तीकरण एकदिने तालिम सम्पन्न भएको छ । उक्त तालिमको अध्यक्षता कोल्हवी वडा नम्बर ७ का वडा अध्यक्ष सलाउदिन अंसारीले गरेका थिए । तालिमामा स्थानीय महिलाहरुक सहभागीता रहेका थिए ।
समाजलाई आफ्नो स्वास्थ्य र आत्मरक्षाको मनोबल वृद्धि गर्ने उद्देश्यले संचालन गरेको तालिम पश्चत धोधर्पाका स्थानीय महिलाले लाभान्वित भएका छ्न । तालिममा ७ नम्बर वडाका अधिकांश महिलाहरूको सहभागितामा रहेका थिए । सो तालिमा वडा सदस्यहरु सत्रुधन चौधरी, धर्मेन्द्र चौधरी, महिला वडा सदस्यहरु सोनमती देवी चौधरी र सीता साहनी समेतले उपस्थिति जनाएकी थिइन । त्यस्तै समाजसेवीहरु सबिर अंसारी र यासिफ र संञ्चारकर्मीलगायतका सहभागीता रहेका थिए ।






















Discussion about this post