कोल्हवी-३ मा प्रथम समृद्ध कप फूटबल प्रतियोगिता हुने

389
SHARES
512
VIEWS

दिपेन्द्र जयसवाल/बारा । बाराको कोल्हबी नगरपालिका वडा नम्बर ३ स्थित जुअवामा प्रथम समृद्ध कप नकआउट फूटबल प्रतियोगिता हुने भएको छ । समृद्ध नेपाल क्लबले पत्रकार सम्मेलन गरि प्रतियोगिताको आयोजना गर्ने जानलारी दिएको हो । क्लबका अध्यक्ष नागमणी चौधरीको अध्यक्षता भएको सम्मेलनमा अतिथिकोरुपमा  कोल्हबी नगरपालिकाकी उप-प्रमुख लक्ष्मीकुमारी चौधरीप्रमुखलाई आमन्त्रित गरेका थिए । उप-प्रमुख चौधरीकि अतिथ्यतामा भएको उक्त पत्रकार सम्मेलन कार्यक्रममा कोल्हवी नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष किशुनदयाल चौधरी,  कोल्हवी नगर उधोग बाणिज्य संघका अध्यक्ष लक्ष्मी साह कलवार, नेपाली कांग्रेस भातृ संगठन तरुण दलको क्षेत्रीय सभापति ओम प्रकाश चौधरी, साना  किसान कृषि सहकारी सहकारी सस्थाका प्रबन्धक अरुण चौधरी,  सस्थाका संरक्षक प्रेमनारायण चौधरी, तामागढी होस्पिटलका संचालक बिबेक थारु, वडा सदस्य रामदयाल चौधरी, संञ्चाकर्मीहरु लगायतको उपस्थिति रहेका थिए । प्रथम समृद्ध कप प्रतियोगिता कार्तिक ८ गते देखि शुरु हुने बताईएको छ । प्रतियोगिता  कार्तिक २० गते सम्म चल्ने आयोजकले बताए । आयोजकका अनुसार कार्तिक २० प्रतियोगिताको फाइनल खेल हुने हुने जनाव्को छ । प्रतियोगिताको अनुमानित बजेट  चार लाख एक हजार रहेको र यस प्रतियोगितामा १६ वटा टिमको सहभागिता रहेको जनाएको छ । प्रतियोगिताको आर्थिक प्रमुख सहयोगी भने कोल्हबी नगरपालिका वडा नम्बर ३ को कार्यालय रहेको छ । त्यस्तै अन्य  सहयोगी सस्थाहरुमा शान्ति बृद्धा फाउन्डेसन कोल्हबी, गोपाल प्रगतिशील क्लब जुअवा, मेडिकल पार्टनरमा तामागढी होस्पितल कोल्हवी रहेको बताव्को छ । खेलको उदघाटन कार्तिक ८ गते दिउँसो १.३० बजे जुअवाको खेल मैदान हुने आयोजक कल्बले जनाएको छ । खेल फिफाको नियम अनुसार खेलाईनी छ भने सामान्य चोटपटक बहेक अन्यको प्राथमिक उपचार नहुने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित