नेविसंघ निजगढले नगर प्रमुख र उप-प्रमुखलाई बुझाए ज्ञापन पत्र

445
SHARES
586
VIEWS

बारा । नेविसंघ निजगढले निजगढ नगरपालिकाका मेयर सुरथ पुरी र उपमेयर सोममाया थिङ्गलाई ज्ञापन पत्र बुझाएको छ । नेबिसंघ निजगढका संयोजक इश्वर सापकोटाको नेतृत्वमा उक्त ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्रमा लेखिएको छ । “उपर्युक्त सम्बन्धमा बारा जिल्ला निजगढ नगरपालिका वडा नम्बर ७ स्थित वि.सं. २०३८ सालमा स्थापित भएको श्री सत्यश्वर शिवशक्ति आधारभूत विद्यालयमा बालविकासदेखि कक्षा ८ सम्म अध्यापन कार्य भईरहेको सर्वविदितै छ । हाल यस विद्यालयमा निजगढ नगरपालिका भित्रका करिब २०० विद्यार्थीहरु अध्ययनरत रहेका यस विद्यालयमा विद्यार्थी भाईबहिनीहरुका लागि शुद्ध पिउने पानीको अभाव रहेकोले तपाईंले यस विद्यालयको विभिन्न कार्यक्रममा पटक/पटक शुद्ध पिउने पानीट्यांकीको व्यवस्थापन गर्नुभएको बचाअनुरुप त्यस निजगढ नगरपालिका कार्यालयबाट १० हजार लि. क्षमताको शुद्ध पिउने पानी ट्यांकीको व्यवस्था गरि यस समस्यालाई यथासक्य छिटो समाधान गर्न सहयोग गर्नुहुन विनम्र अनुरोध गर्दछौं । भनी उल्लेख गरिएको छ । त्यस्तै विद्यालयले यसअघि सहकार्य गरिदिन आव्हान गरेका थिए । कार्यक्रममा ने. बि संघ निजगढ  कार्यसमितिका सचिव  आशिस दंगाललगायतका विद्यार्थिहरु सहभागी रहेका थिए ।

                                          

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित