फतुवा बिजयपुर नगरपालिकाको आठौं  नगर सभा सम्पन्न

413
SHARES
544
VIEWS

रूपेश यादव/राैतहट । रौतहट जिल्लाको उत्तरी र पश्चिमी भेगमा रहेको फतुवा बिजयपुर नगरपालिकाले चार महिना ढिलो गरि यस आर्थिक वर्षको लागि  ६० करोड भन्दा बढीकाे बजेट पास  गरेको छ । फतुवा बिजयपुर नगरपालिकाकाे आठौं  नगर सभा तथा बजेट अधिवेशन  कार्यक्रम यो पट्क गत वर्षको भन्द ढिला गरेको हो । नगरपालिकाको सभा हालमा शनिबार भएको आठौं  नगरसभाबाट नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ का लागि कुल ६०करोड ७७ लाख  सात सय ९८ रुपैया बजेट प्रस्तुत गरेकाे छ ।


नगरसभाका अध्यक्ष एवं कार्यवाहक नगर प्रमुख अम्बया खातुनकाे निर्देशनमा दुधिअवा क्याम्पसका शिक्षक रन्जन खरेलले  यस आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेका थिए । आर्थिक वर्षमा पुजीगत तर्फ २६ कराेड ४६ लाख ४६ हजार ७ सय १० र चालुतर्फ ३४ कराेड ३० लाख ५४ हजार ८८ रुपैयाँ बराबरको  बजेटलाई शिर्षकगत रुपमा छुट्याएर नगरसभाले सर्वसम्मत पारित गरेको जानकारी दिए । नेपाली कांग्रेस जिल्ला सभापति तथा मधेस प्रदेश सरकारका नव नियुक्त अर्थमन्त्री सुनिल कुमार यादवकाे प्रमुख आतिथ्यता तथा जिल्ला समन्वय समितिका सभापति रामअयाेध्या राय यादवकाे उपस्थितिमा नगरसभा सम्पन्न भएको हो ।

कार्यक्रममा अतिथिको रुपमा प्रदेश सभा सदस्य उमेदवार शेख सेराज, भावी नगर प्रमुख पदका उमेदवार  ज्ञानेन्द्र कुमार यादव,निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रमाेद कुमार गुप्ता, याेजना प्रमुख लगाएत सबै वडाका वडाअध्यक्षहरू, कार्यपालिका सदस्यहरू, लगाएत सुरक्षाकर्मी संचारकर्मी र कर्मचारीहरुको सहभागिता रहेको थियो ।असार १० गते भित्र गर्नुपर्ने नगर सभा जनप्रतिनिधिहरुकाे आन्तरिक विवाद र भागवण्डाले गर्दा ढिलाे भएको हाे । नगरपालिकाका नगर प्रमुख गाेपाल राय यादव लालबकैया खाेलाकाे बालुवा गिट्टी जथाभावी उत्खनन् गरि दाेहन गरेकाे  कार्यमा अभियाेग लागेपछि निलम्बित हुदा कार्यवाहक मेयरकाे रुपमा अम्बया खातुन कार्यभार सम्माहाले कि छन ।

फतुवा बिजयपुरमा एउटै पार्टीबाट मेयर /उपमेयर निर्वाचित भएपनि समयमा नगर सभा नहुदा पालिका भित्र कार्यरत शिक्षक स्वास्थ्यकर्मी लगाएतका कर्मचारीहरु तलब सेवा सुविधाबाट बन्ञ्चित भएको थियो । नगर सभा सम्पन्न भए संगै बिकास निर्माणका कार्य लगायत अन्य कामहरूमा सहयोगमा पुग्ने नगर बासीहरुले आश गरेका छन ।

                                            

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित