दिपेन्द्र जयसवाल । बाराको कोल्हवी नगरपालिका वडा नम्बर ४ मा रहेको श्री अटुट वचत तथा ऋण सहकारी संस्था लिं सपहीको १३ औ वार्षिक साधारण सभा सम्पन भएको छ ।
साधारण सभा संस्थाको अध्यक्ष विसुनदयाल चौधरीको अध्यक्षतामा भएका थिए भने कार्यक्रमको प्रमुख अतिथीमा कोल्हवी नगरपालिकाका प्रमुख रामप्रसाद चौधरीले प्रमुख अतिथिको असन गरेका थिए । प्रमुख अतिथि कोल्हवी नगर प्रमुख चौधरीले पानसमा दिप प्रज्वलनगरी सभाको उदघाटन गरेका हुन । संस्थाका अध्यक्ष चोधरीले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने आर्थिक प्रतिवेदन छिहन्तर चोधरीले गरेका हुन । त्यस्तैगरी संस्थाको लेखा प्रतिवेदन भने मुनीकान्त चौधरीले प्रस्तुत गरेका थिए । सो सहकारीको १३ वार्षिक साधारण सभा कार्यक्रममा कोल्हवी नगरपालिकाकी उपप्रमुख लक्ष्मीकुमारी चौधरी, कोल्हवी वडा नम्बर ३ का वडाअध्यक्ष किशुनदयाल चौधरी, बारा जिल्ला वचत तथा ऋण सहकारी संघका अध्यक्ष सत्येन्द्रठाकुर, समाजसेवी हरिनारायण चौधरी, राधा चौधरीलगायतले संस्थाको उन्नति र प्रगतिको बारेमा मन्तव्य राखेका थिए । सो साधरण सभामा संस्थाको सञ्चालक समितीका पदधिकारीहरु र शेयरधनीहरु स्थानिय जन प्रतिनिधी राजनितिक दल बिभिन्न संघ/संस्थाको प्रतिनिधी शिक्षक शिक्षिका नागरिक समाजका अगुवाहरु संञ्चारकर्मी सुरक्षा कर्मीहरुलगायतको सहभागीता रहेका थिए । कार्यक्रमको संञ्चान भने हितेन्द्र चौधरीको रहेका थिए ।
























Discussion about this post