बारागढी-१ मा राजेश्वरी मेलाको उदघाटन

400
SHARES
526
VIEWS

दिपेन्द्र जयसवाल/बारा । बारा जिल्लाकाे बारागढी गाउँपालिका वडा नम्बर १ मा रहेकाे बुद्धगया बेलमा टोलमा विश्वव प्रसिद्ध गढीमाई माई जेठी बहिनीको रुपमा परिचीत राजेश्वरी माईको मेला एक कार्यक्रम बीच उदघाटन भएको छ ।

 बारागढी वडा नम्बर १ का वडा अध्यक्ष सुरेशप्रसाद चौधरीको अध्यक्षतामा भएको सो कार्यक्रममा बारा क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधी सभा सदस्य अच्युतप्रसाद मैनालीको प्रमुख अतिथ्यतामा भएको थियोे । प्रमुख अतिथि मैनालीले उक्त मेलाको कार्यक्रमलाई पानसमा दिपप्रज्वलनगारी उदघाटन गरेका थिए । त्यस्तैगरि मेला उदघाटन कार्यक्रममा बिशिसष्ट अतिथी पुर्व जनप्रतिनिधि तथा संविधान सभा सदस्य रामबाबु कुमार यादव, जसपा केन्द्रिय सदस्य रामकिशोर यादव, बारागढी गाउँपालिकाका प्रमुख अशोककुमार जयसवाल, करैयामाई गाउँपालिकाका अध्यक्ष शम्भुप्रसाद  यादव, कोल्हवी नगरपालिकाका  नगर प्रमुख रामप्रसाद चौधरी, कोल्हवी
नगरपालिकाका पुर्व नगर प्रमुख भरत भण्डारी र बारागढी गाँउपालिकाकी उपाध्यक्ष लक्ष्मीदेवी राय बारागढी गाउँपालिका अन्तर्गतका अध्यक्षहरु बारागढी गाँउपालिकाका कार्यपालिका सदस्यहरु स्थानिय, राजनितिक दल जन प्रतिनिधीहरु र  स्थानिय बासिन्दाहरुको उपस्थिति रहेका थिए । सो  मेला आगामी असोज २७ शनिवार सम्म संञ्चालन हुने आयोजक समितीले जनकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित