सामाजिक कार्यमा एकजुट युवा

395
SHARES
520
VIEWS

भक्तलाल । बारा जिल्लाको निजगढ नगरपालिका वड नम्बर १३ का युवाहरु सामाजिक कामका लागि एक जुट हुन थालेका छन् । जिल्लाकै नमुना वडा बनाउन यहाँका युवाहरु एकजुट हुन थालेका हुन् ।
जुनतारा युवा क्लब नामक संस्था स्थापना गरेर युवाहरु वडालाई सामाजिक, आर्थिक र भौतिक रुपले सम्पन्न बनाउन लागेका छन् । संस्था मार्फत युवाहरुलाई गोलबन्द गर्दै आफ्नो वडालाई नमुना संगै जिल्लालाई नै नमुना बनाउने अभियानमा लागेको संस्थाका सचिव उमेश घलानले बताए । पहिला आफु अनि समाजलाई बनाउनु पर्छ भन्ने हाम्रो अभियान हो सचिव घलानले भने, “युवालाई विग्रन दिनुभन्दा युवाले समाज बनाउनुपर्छ भन्ने उदेश्य हाम्रो हो ।” बेरोजगारका कारण युवाहरु बिग्रदो अवस्था देखेर हामीले संस्था मार्फत युवालाई गोलबन्द गरेर सामाजिक कार्यमा लगाउन लागेका हौं उनले भने ।”  सानातिना विकासका लागि पनि सरकारी निकाय धाउन पर्ने झन्झटलाई ध्यानमा राखेर युवाहरुलाई एकताबद्धगरी विभिन्न सामजिक र गाउ विकासको अभियानमा जुटेको उनले बताए । पहिलो प्रथामिकताका लागि वडामा एउटा चौतारा र क्लब तथा संस्थाका भवन निर्माण अभियानमा जुटेको उनले बताए ।             जिल्लाभरी कार्यक्षेत्र रहेको समाजिक संस्थाले लागुऔषध, जुवातासको न्युनिकरण अभियान संगै टोल सरसफाई, विभिन्न समाजिक सुधारका तालिमहरु प्रदान गर्ने उदेश्य रहेको छ । तत्काल ९ जना कार्य समिति रहेको संस्थाको अध्यक्षमा खुशिलाल थिङ्ग, उपाध्यक्ष टुलबहादुर पाख्रिन, सचिव उमेश घलान, सह–सचिव मदन गोले, कोषाध्यक्ष सिता लामा रहेका छन् ।
सदस्यहरुमा निमा लामा, पुष्पी गोले, किरण मोक्तान र सुस्मा स्याङतान रहेका छन् । त्यस्तै जयबहादुर स्याङतान, सानुमाया गोले र लालजित थिङ्गलाई संस्थाको सल्लाहकार रहेका छन भने संस्थाको विधानअनुसार १५ कार्यसमितिको सदस्य चयन तथा मनोनयन गर्नु पर्नेछ । संस्थाले स्थापनाको पहिलो बार्षिक साधारण सभाबाट उक्त समितिहरु मानोनयन गर्ने जनाएको छ । संस्थाले समितिका महासचिव समेत चयन गर्न बाँकी रहेको छ महासचिवको पदकालागी भने आजिवन सदस्य हुनु पर्ने छ । महासचिव पदमा उम्मेदवार बन्नकालागी भने अन्य सदस्यको भन्द शुल्क तिन गुणा समेत शुल्क लाग्ने विधानमा उल्लेख गरिएको छ । आर्थिक पार्दशिताका लागि संस्थाले तिन सदस्य लेखा समिति समेत मनोनयन गर्ने छ । कुनै एक सदस्यको संयोजकत्वमा लेखा समिति गठन गरिने छ भने संस्थाले विभिन्न क्षेत्रमा काम गर्नका निम्ती विविधमा उपसमिति समेत गठन गरिने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित