बारा । इलाका प्रहरी चौकी पथलैयाले बिल बिजक नभएको २१ लाख भन्दा बढीको तामाको भाडा सहित पिकअप नियन्त्रणमा लिएको छ ।
प्रहरी चौकी पथलैयाका ईन्चार्ज नरेश बहादुर शाहीको कमाण्डमा खटिएको प्रहरीहरुको टोलीले जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १ स्थित पथलैय चौकमा जितपुरबाट काठणमाडौ तर्फ जादै गरेको प्रदेश २-०३-००१ च ५९३१ नम्बरको पिकअपलाई रोकी चेकजाँच गर्दा उक्त पिकअपमा लोड गरी राखिएको तामाको भाडा बिलबिजक भन्दा बढी रहेकोले नियन्त्रणमा लिईएको जानकारी प्रहरीले दिएको छ । नियन्त्रणमा लिईएको उक्त समानको श्रोत खुलाउन नसकेकोले आवश्यक कारवाहीको आन्तरिक राजश्व कार्यालय पथलैयामा बुझाईएको जानकारी जिल्ला प्रहरी कार्यालय बाराको प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले दिए ।






















Discussion about this post