निजगढ नगरस्तरीय भेट्रान्स कपमा आयोजक चौतारा र युनिक भेट्रान्स विजयी

398
SHARES
524
VIEWS

बारा । विजया दशमीको अवसरमा निजगढ ७ स्थित चौतारा युवा क्लबले आयोजना गरेको निजगढ नगरस्तरीय खुल्ला भेट्रान कप फुटबल प्रतियोगिता अन्तर्गतको विहीवार भएको २ वटा खेलमा आयोजक र युनिक भेट्रान्स खैरवा विजयी भएका छन । पहिलो खेलमा युनिक भेट्रान्सले टाँगियावस्तिको ओझेल भेट्रानलाई ७/० को फराकिलो अन्तरमा पाखा लगाएको हो भने दोस्रो खेलमा चौतारा युवा क्लवले रतनपुर भेट्रान विरुद्ध २/० को जित निकालेको थियो ।
चौताराको लागि खेलको पहिलो मिनेटमा नै गोल गरेका शेखर लामाले मध्यान्तर अघि नै दोस्रो गोल गरेर टिमको जित निश्चित पारेका थिए । पहिलो खेलको म्यान अप दि म्याच युनिक भेट्रान्सका आश्माप्रसाद चौधरीले पाएका छन् भने दोश्रो खेलको म्यान अप दि म्याच चौतारा भेट्रान्सका शेखर लोप्चनले पाए । उनीहरुलाई निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरीले ट्रफी प्रदान गरेका थिए । शुक्रबारको खेलमा डुमरवाना भेट्रान्स बारा विरुद्ध न्यु जनजागृती भेट्रान्स सिमरा भिड्ने छ ।
नेत्रोदय माध्यामिक विद्यालयको प्रांगणमा संचालन भएको खेलमा ११ वटा टीमको सहभागिता रहेको छ । खेलमा प्रथम हुने टीमले नगद ३० हजार नगद सहित मेडल र ट्रफी पाउनेछन भने दोश्रो हुने टीमले २० हजार नगद मेडल र ट्रफी पाउने आयोजक चौतारा भेट्रान्स खेल
समितिका अध्यक्ष दिलबहादुर पुलामीले जानकारी दिए । त्यसतै प्रतियोगितामा ११ टिमको सहभागिता रहेको छ । यसअघि बारा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य अच्युत मैनालीले प्रतियोगिताको उदघाटन गरेको थियो । उदघाटन कार्यक्रममा निजगढ नगर प्रमुख सुरथ पुरी, उपप्रमुख सोममाया थिङ्गलगायतको उपस्थिति रहेको आयोजक क्लबका अध्यक्ष मगरले दिए जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित