बारा । श्रीमतीलाई खुर्पाले हानेर हत्या गरेको आरोपमा पक्राउ परेका निजगढ नगरपालिका ९ का विमलकुमार वस्नेतलाई जिल्ला अदालत बाराले पुर्पक्षको लागि विरगंज कारागारमा पठाईने भएको छ ।
बुधवार भएको थुनछेक बहसपछि अदालतले बस्नेतलाई बीरगञ्ज कारागार पठाउने निर्णय सुनाएको थियो । स्थानीय किरन राईको जाहेरीमा प्रहरीद्वारा कर्तव्य ज्यान मुद्दामा कारवाहीको लागि जिल्ला सरकारी वकिलमार्फत अभियोजन पत्र दर्ता गरिएको थियो ।
एक महिनाअघि ४० वर्षिय श्रीमती लक्ष्मी राईको हत्या गरेको आरोपमा वस्नेत पक्राउ परेका थिए । सप्तरीको राजविराज घर भइ निजगढ ९ स्थित ससुरालीमा वस्दै आएका ४५ वर्षिय वस्नेतले इन्टरनेटमा पैसा हाल्न दवाव दिएको झोकमा धारिलो हतियार खुर्पा प्रहार गरी श्रीमती लक्ष्मीको हत्या गरेका थिए । घटनामा लक्ष्मीकी २ छोरीहरु १८ वर्षिय गंगा र १५ वर्षिय जमुना पनि घाइते भएका थिए । आमामाथि आक्रमण गर्न थालेपछि बचाउन गएकी छोरी गंगाको हातको पञ्जा काटिएको थियो ।
बस्नेत र लक्ष्मी घरजम गरेर ३ वर्षदेखि निजगढस्थित ससुरालीमा वस्दै आएका थिए । ४ वर्षअघि मजदुरी गर्न काठमाण्डौं गएको बेला सम्पर्क भएपछि लक्ष्मीले वस्नेतलाई दोस्रो श्रीमानको रुपमा माईतीमा ल्याएर राखेकी हुन। लक्ष्मीले दोस्रो विहे गरेपछि पहिलो श्रीमानले भने घर छोडेका थिए । लक्ष्मीको पहिलो श्रीमानवाट २ छोरी र १ छोरा छन ।






















Discussion about this post