सुदुरपश्चिम शिवपुरी मैत्रीपूर्ण राष्ट्रिय तेक्वान्दोमा निजगढका खेलाडीले जिते ११ स्वर्ण

426
SHARES
560
VIEWS

बारा । असोज २ देखि ५ गतेसम्म आयोजित प्रथम सुदुरपश्चिम शिवपुरी मैत्रीपूर्ण राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा निजगढका खेलाडीले ११ स्वर्ण पदक जितेको छ ।
शिवपुरी तेक्वान्दो डोजाङ्गले आयोजना गरेको मधेश प्रदेश बारा जिल्ला निजगढ नगरपालिका वडा नम्बर ७ योजना टोलस्थित श्री नेत्रोदय तेक्वान्दो डोजाङ्गका खेलाडीहरुले ११ स्वर्ण, तीन रजत र तीन कास्य पदक जितेका हुन् ।


नेत्रोदयबाट प्रतियोगितामा डोजाङका प्रशिक्षक शंकर रखाल मगर र टिम म्यानेजर गौरभ दाहाल सहभागि रहेका थिए । नेत्रोदय तेक्वान्दो डोजाङ्गका २० जना खेलाडी सहभागी भएको राष्ट्रिय स्तरको प्रतियोगितामा पदक विजेता खेलाडी यी हुन् ।
महिला तर्फ मेगना पुलामी, सहसिका लामा र  सृष्टि स्याङ्तान प्रथम, जस्मिन थापा, समृद्धि सुनवार प्रथम भएका थिए ।

त्यस्तै पुरुषतर्फ विश्वास तिमलसिना,  समिप गौतम,  समर्पण नेपाली, डेपिन गौतम, अमन माझी र  गौरभ दाहाल प्रथम भएका थिए । त्य्स्तैगरी द्वितीयतर्फ महिला श्रीया दाहाल, पुरुषहरुमा निश्चल धामी थारु, रिसब चौधरी, आक्रिश खुलाल, कन्या दास र  नवग स्याङतान भएका छन तस्तै  तृतीय तर्फ भने
आशिष चौधरी, राम मुखिया र सुरज साह तृतीय भएका थिए । उत्कृष्ट पम्से
निश्चल धामी घोषित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित