बारा । बारा जिल्ला निजगढ १३ निवासी प्रेम र सबिता दम्पति र छोरा सप्रण पाख्रीनले स्थानीय जुनतारा फुटबल क्लबलाई जर्सी प्रदान गरेको छ । बुधबार संस्थाको खेलमैदानमा भएको युवा भेला कार्यक्रममा सो जर्सी निजगढ १३ का वडा अध्यक्ष सुर्य घलानको रोहवरमा वडा अध्यक्ष घलानले क्लबलाई १६ थान जर्सी सेट हस्तान्तरण गरेको हो ।
सप्रण पाख्रीन हाल अष्ट्रेलियामा अध्ययनरत छन पाख्रीनबाट सहयोग जर्सी प्राप्त भएपछि वडा अध्यक्ष सुर्य घलानले क्लबका टिम काप्तान दिपेश क्लब अध्यक्ष खुशीलाल थिङ्ग र क्लबका पदाधिकारीलाई जर्सी हस्तान्तरण गरेका थिए ।
यस्तै भोलि विहिबार क्लबले निजगढ-३ सिङ्गौल स्थित लालीगुराँस युवा क्लबद्वारा आयोजना प्रतियोगितामा दोश्रो चरणको खेल खेल्दैछन ।
वडा अध्यक्ष घलानले सहयोग बापत पाएका सामग्री सदुपयोग गर्न युवाहरुलाई अनुरोध गरेका थिए । वडा अध्यक्ष घलानले सहयोगी र खेलाडीहरुको एउटै लक्ष्य हुनु पर्नेमा जोड्दिए । त्यस्तै क्लबले आफ्नो आधिकारिक भवन र चौतारा समेत निर्माण गर्दै छ्न । विभिन्न क्षेत्र र तह व्यक्तिगत सहयोगबाट क्लबले उक्त संरचना निर्माण गर्न लागीएको हो ।
क्लब विभिन्न स्थान र व्यक्तिहरुबाट आर्थिक र सामग्रीको सहयोग जुट्ने क्रम जारी रहेको छ । निर्माण संरचनाको उद्देश्य पूरा भएपछी क्लबले पत्रकार सम्मेलन मार्फत सहयोगीहरुको नाम र आफुले प्राप्त गरेका सामग्री र आर्थिकको समेत पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्ने तयारीमा क्लब जुटेको संस्थाका सचीव उमेश घलानले जनाएको छ । सचीव घलानका अनुसार सहयोगको भावना बोक्ने सहयोगीहरुबाट निर्माणकालागी लगभग अदि सामग्री जम्मा भएको छ । केही दिनपछि सबै चन्द र सामग्री सहयोगीहरुको नामावली मिडिया मार्फत सार्वजनिक हुने छ ।
Discussion about this post