बारा । बाराको कोल्हबी नगरपालिकावडा नम्बर २ मा जंगली हात्तीलाई करेन्ट लगाएर मारिएको अवस्थामा फेला परेको छ ।
करिब १५ बर्षको जंगली हात्ती मृत अवस्थामा फेला परेको कोल्हबी सब डिभिजन वन कार्यालयका प्रमुख अब्दुल करिमले बताए ।
हात्तीको घाटीमा करेन्टको तार बेरिएको अवस्थामा छ । स्थानीय रमेश जिसीको धान खेतमा हात्ती मरेको अवस्थामा फेला परेको हो ।
२०८० फागुनमा सोही स्थानमा करिब तीन बर्षको पोथी बाघ समेत मृत अवस्थामा फेला परेको थियो ।






















Discussion about this post