नेपाल तामाङ्ग घेदुङ्ग महिला संघ बारा संयोजकमा राजकुमारी नियुक्ति

435
SHARES
573
VIEWS

बारा । नेपाल तामाङ्ग घेदुङ्गको भातृ संगठन महिला संघ बारा संयोजकमा राजकुमारी बल नियुक्ति भएकी छिन। शनिबार बसेको जिल्ला बारा समन्वय समितीको बैठकले  बललाई सर्वसम्मत नियुक्ति गरिएको हो । बारा घेदुङ्गले आफ्नो भातृ संगठन निर्माण गर्ने क्रममा यस अघि लामा संगठन, युवा संगठन, ताम्बा, बोन्बो संगठन र संस्कृतिक संगठनहरुको संगठन विस्तार गरिसकेको छ । त्यसै अनुरुप घेदुङ्गको महिला भातृ संगठनमा निजगढकी राजकुमारी बलले जिल्लाको संयोजक पाद पाएकी हुन । राजकुमारीलाई नेपाल तामाङ्ग घेदुङ्ग बारा जिल्ला समन्वय समितीका अध्यक्ष तथा निजगढ नगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष सुर्य घलानको अध्यक्षता भएको भेलाले सर्वसम्मत नियुक्ति गरेको अध्यक्ष घलानले जानाकारी दिए । उनलाई सामाजिक सांजालहरुमा बधाई तथा सफल कार्यकालको शुभकामना ओईरो लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित