दिपेन्द्र जयसवाल/बारा । बाराको स्थानीय तह बारागढी गाउँपालिकाका शिक्षा युवा तथा खेलकुद शाखाले बारागढी-५ मा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय एक कार्यक्रम आयोजना गरेको छ । पालिकाले विद्यालय सिहासनी बैरियामा ६० औं बालदिवस तथा राष्ट्रिय शिक्षा दिवसको अवसरमा पालिकास्तरीय वक्तृत्व कला, चित्रकला र हाजिरी जवाफ प्रतियोगीता कार्यक्रम समेत आयोजना गरेका थिए । गाउँपालिकाको वडा नं.५ को वडा अध्यक्ष मनेजर चौधरीको अध्यक्षता भएको कार्यक्रममा गाँउपालिकाको अध्यक्ष अशोक कुमार जयसवालको प्रमुख आतिथी रहेका थिए । सो कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी देबी राय, शिक्षा प्रमुख जलमती चौधरी, वडा सदस्य गोपिचन्द यादव, अनिता देबी बैठा, बिनोद सहनी, कार्यापालिका सदस्य रेणु जयसवाल पालिका भित्र रहेका सामुदायिक विद्यालयहरुको प्रधानध्यापकहरु, शिक्षक शिक्षिकाहरु, विधार्थीहरु लगायतको उल्लेखनिय उपस्थिति रहेको थियो भने कार्यक्रम सञ्चालन शिक्षक हरेन्द्र मुखियाले गरेका थिए ।






















Discussion about this post