पेट्रोल, डिजेल र मट्टीतेलको भाउ घट्यो

391
SHARES
514
VIEWS

बारा । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ घटाएको छ । डिजेल र मट्टीतेलमा प्रतिलिटर पाँच रुपैयाँ र पेट्रोलमा प्रतिलिटर चार रुपैयाँले भाउ घटेको हो ।

भारतीय आयल निगमबाट प्राप्त नयाँ खरिद मूल्य अनुसार भाउ घटेर आएकाले गएराति १२ बजेपछि लागू हुने गरी मूल्य घटाइएको नेपाल आयल निमगले जनाएको छ । निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुनेछ ।

निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्गमा विभाजन गरेको छ । पहिलो वर्गमा पर्ने अमलेखगन्ज, विरगज, चारआली, विराटनगर, जनकपुर, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको १५६ रूपैयाँ ५० पैसा तथा डिजेल र मट्टीतेलको भाउ १४६ रूपैयाँ ५० पैसा पर्नेछ ।

त्यस्तैहरी दोस्रो वर्गमा पर्ने सुर्खेत र दाङ क्षेत्रमा अब पेट्रोलको भाउ १५८ रूपैयाँ प्रतिलिटर तथा डिजेल र मट्टीतेलको १४८ रूपैयाँ पर्नेछ । यस्तै तेस्रो वर्गअन्तर्गत काठमाण्डौ, पोखरा र दिपायल क्षेत्रमा अब पेट्रोलको भाउ १५९ रूपैयाँ प्रतिलिटर तथा डिजेल र मट्टीतेलको भाउ १४९ रूपैयाँ प्रतिलिटर पर्ने निगमले जनाव्को छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित