लक्ष्मीनारायण धर्मशालाको जग्गा व्यापारीक प्रयोजनमा प्रयोग भएकोमा सरोकारवालाले गरे बिरोध प्रदर्शन

388
SHARES
510
VIEWS

बारा । सचेत नागरिक सरोकारवाला निजगढले निजगढ नगरपालिका वडा नम्बर ९ शहिदचोक स्थित लक्ष्मीनारायण मन्दिर तथा धर्मशालाको नाममा रहेको जग्गा धर्मशालाका रुपमा प्रयोग नभई व्यापारीक प्रयोजनमा प्रयोग भईरहेको भन्दै शुक्रबार बिरुद्ध बिरोध प्रदर्शन गरेका छन् । उनीहरुले धर्मशालाको नाममा रहेको जग्गामा कृषि विकास बैंक लिमिटेडलाई व्यापारीक प्रयोजनमा दिएकाले धर्मशालालाई धर्मशालाकै रुपमा प्रयोग गर्न माग राख्दै बिरुद्ध प्रदर्शन गरेको हुन । उनीहरुले धर्मशालाको अगाडी विरोध प्रदर्शन गरेको हो । उक्त विरोध कार्यक्रम मन्दिरको प्राङ्गणमा गरिएको थियो । मन्दिर तथा धर्मशालाको जग्गामा व्यापारिक केन्द्र बनाइ कृषि विकास बैंक सञ्चालन गरिरहेको छ भने सटरहरु समेत बनाई व्यवसाय सञ्चालन गरिएको तथा भवन पछाडि सानो मन्दिर मात्र बनाएर समितिले व्यापार व्यवसाय गरेका कारण विरोध गरीएको सचेत सरकारवाला निजगढका संयोजक खड्गप्रसाद उप्रेतीले जानकारी दिए । उनले निजगढमा भएका यस्ता विकृति विसंगतिको विरुद्धमा जुनसुकै धार्मिक स्थल चाहे मुस्लिम, चाहे क्रिश्चियन, चाहे बौद्धिक, जहाँसुकै पनि यस्ता आवाजहरु उठाउने र यस्ता गतिविधिका विरुद्ध लाग्ने बताए । कार्यक्रममा विभिन्न सामाजिक व्यक्तित्वहरू विनोद भारती, वासुदेव तिमल्सिना, भक्त दर्लामी, रामहरि खरेल, नवराज योञ्जन, बिदुर खड्का लगायतको उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित