बसन्त लामा/सिङ्गौल । बाराको निजगढ नगरपालिकाको वडा नम्बर ३ स्थित रहेको लालीगुराँस युव क्लबले आयोजना गरेको फूटबल प्रतियोगिता सुरु ब्जएको छ । क्लबले “राष्ट्रको लागि खेलकुद, स्वास्थको लागि खेलकुद” भन्ने मुल नाराको साथ प्रथम लालीगुराँस नकाउट फुटवल प्रतियोगिता आयोजना गरेको हो ।
प्रथम लालिगुराँस युवा क्लवले आयोजना गरेको नकाउट फुटवल प्रतियोगिताको उदघाटन निजगढ नगरपालिकाको वडा नम्बर ३ को वडा अध्यक्ष गोकुलप्रसाद तिमल्सिनाले गरेका थिव । प्रतियोगिताको प्रथम बिजेता टोलिले ३० हजार नगदसहित ट्रफी प्रमाण पत्र प्राप्त गर्ने छन भने उपविजेता टोलिले १५ हजार नगदसहित प्रमाण पत्र गर्ने आयोजक समितिका अध्यक्ष संजिव योन्जनले बताए ।
प्रथम लालीगुरास नकाउट फुटवल प्रतियोगितामा २१ टोलिको सभागिता रहेको आयोजकले जनाएको छ ।उदघाटन सत्रको पहिलो प्रतियोगिताको खेलमा आयोजक लालीगुराँस युवा क्लव “ए” र निजगढ को बाघ भैरबा युवा क्लव बिच खेल भएको थियो । आयोजक टोलि लालीगुराँस युवा क्लबले बाघभैरब युवा क्लवलाई ३-१ अन्तरले गोल गर्दै लालीगुराँस विजयी भएको छ ।

सो प्रतियोगिताको प्रथम खेलमा लालीगुराँस युवा क्लव को खेलाडी जर्सी नम्बर १० को विवस दर्लामी मगर ले ३ गोल गरेको थियो भने बाघभैरब युवा क्लवका खेलाडी जर्सी नम्बर ११ का सुप्रिम गौतमले १ गोल गरेर टोलिलाई सन्त्वना दिव्का थिए । सो खेलको म्यानअफद म्याच लालीगुराँस युवा क्लव को जर्सी नम्बर १० विवस दर्लामी मगर घोषित भएका थिए । भाद्र २८ गतेबाट सुरु भएको लालीगुराँस प्रथम नकाउट फुटवल प्रतियोगिता असोज १७ गते सम्म चल्ने समिति तथा ल युवा क्लवका अध्यक्ष योन्जनले बताए ।
हाल नकाउट फुटवल प्रतियोगिता सिंगौल वडा नम्बर ३ पिपलटारको नयाँ निर्माण गरिएको खेलमैदानमा भैरहेकोहो । प्रतियोगीतामा लाली गुराँस युवा क्लब, भैरब युवा क्लब, सिंगौल युवा क्लब,वचौतारी युवा क्लब, जन एकता युवा क्लब, रोयल बनस्थली युवा क्लब, जन्म भुमि युवा क्लब, बन देवि युवा क्लब, पिपलटार युवा क्लब, L.Y.C. युवा क्लब, बन देवि युवा क्लब (A),युवा क्लब, F. C. कोलगाउँ (११), निजगढ युवा क्लब (B), समाज शुधार युवा क्लब, जुन तारा युवा क्लब, ब्राह्मबाबा युवा, जन सेवा युवा क्लब, तपोभुमी बङ्गजोर युवा क्लब र योङ स्टार युवा क्लब लाल रहेको छ ।






















Discussion about this post