बारा । बाराको निजगढ नगरपालिका वडा १३ स्थित श्री भगवती आधारभूत विद्यालयले राष्ट्रिय बाल दिवसको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरेको छ । यस वर्षको बालदिवसको नारा पुरानै रहेको छ “बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थलानी रहेको छ । दिवसको अवसरमा विभिन्न संघ संस्थाले बेग्ला बेग्लै कार्यक्रमको समेत आयोजना गरेका छन् भने विद्यालय, बालक्लब लगायतका संस्थाहरुले पनि विद्यार्थीलाई सहभागी गराएर कार्यक्रमको आयोजना गरेको सामाजिक संजालहरुमा सूचना प्रकाशन भएकाछन् । त्यस्तै निजगढ १३ भक्तलाल स्थित श्री भगवती आधारभूत बिद्यालयमा बाल दिवसको अबसरमा बिबिध कार्यक्रम गरिने भएको छ । सो आयोजना गरेको कार्यक्रममा रतनपुरी स्तरिय जस्तै बकतृत्वकला, युगल नृत्य, एकल नृत्य, म्यूजिकल चेयर, चम्चा दौडलगायत प्रतियोगिताको आयोजना गरेको छ । प्रतियोगितामा श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालाय निजगढ-११ रतनपुर, श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालाय निजगढ-१० लाल, श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालाय निजगढ-१० लाल, श्री शिवशक्तेश्वर आधारभूत विद्यालय. निजगढ-१३ डम्बरपुर, श्री सरस्वती आधारभूत विलय निजगढ-१२ कोलगाउँ, श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय निजगढ-१२ बुङ्गजोर, श्री भगवती आधारभूत विद्यालय निजगढ-१३ भक्तलाल र मन्जु श्री आधारभूत विद्यालय रामथलीले सहभागीता जनाएको छ । विद्यालयले विभिन्न संस्कारणमा प्रथम, द्वितीय र तृतीय हुनेलाई नगद पुरस्कारको समेत प्रबन्ध गरेको छ भने सहभागी हुने विद्यालयलाई आभार पत्रले समेत सम्मान गर्ने विद्यालयका प्रधानाध्यापक उदयराज अधिकारी मधेश प्रवाहलाई जानकारी दिए । प्रधानाध्यापक अधिकारीका अनुसार प्रथम, द्वितीय र तृतीय हुनेलाई २ हजार, १५ सय र १ हजार नगद पुरस्कारले सम्मान गरिने छ । त्यस्तै निजगढ ७ लचकटोला श्री सत्यश्वर शिवशक्ती आधारभूत विद्यालय पनि चित्रकला र प्रभातफेरीलगायतका विभिन्न कार्यक्रमको आयोजना गरेको प्रधानाध्यापक उमेश कुमार स्वर्णकारले जानकारी दिए ।




















Discussion about this post