जिल्ला प्रहरी बाराले ३६ लाख बराबरको ट्रकसहित सामान नियन्त्रण

388
SHARES
510
VIEWS

बारा । बारा प्रहरीले ३६ लाख बराबरको समान सहित ट्रक नियन्त्रणमा लिएको छ ट्रकलाई कारवाहीको लागी राजश्व कार्यालय पथलैया बारामा बुझाईएको छ । करिब राती १० बजेको समयमा प्रहरी चौकी पथलैया बाराबाट खटिएको प्रहरी टोलीले जिल्ला बारा जीतपुर सिमरा उप-महानगरपालिका वडा नं.१ पथलैया चोक पोष्टमा वीरगंजबाट झापा तर्फ जादै गरेको ना ३ ख १६४३ नम्बरको ट्रक शंकास्पद लागी रोकी चेक गरेका थिए । चेक जाँच गर्दा बिल बिजक भन्दा बढि समानको स्रोत खुलाउन नसकेको ट्रकलाई नियन्त्रणमा लिएको थियो । ट्रकमा अन्दाजी मुल्य ३६ लाख १२ हजार ४ सय ६८ रूपैयाम बराबरको कपडा, पेन्ट, मोटर पार्टस, चक्लेट र अन्य खुद्रा समान सहित ट्रक नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी आन्तरिक राजश्व कार्यालय पथलैया बारामा बुझाईएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित