रतनपुरी सडिवका बाराद्वारा सरुवा भैइ आएका वन अधिकृत झालाई स्वागत कार्यक्रम सम्पन्न 

389
SHARES
512
VIEWS

उमेश घलान/रतनपुरी । बारा निजगढ नगरपालिका अन्तरगत रतनपुरी सव डिभिजन वन कार्यालय बारा र रतनपुरी वन संजालले सरुवा भैइ आएका राजिवकुमार झाको आयोजनामा स्वागत कार्यक्रम सम्पन्न भएको छ । मधेश प्रदेश वन तथा बाताबरण मन्त्रालयबाट सरुवा भैइ डिभिजन वन अधिकृत झा बारामा आएका थिए । डिभिजन वन कार्यालय प्रमुख झाको स्वागत गर्न रतनओउरका अधिकंश सामुदायिक वनका अध्यक्षसहित पदाधिकारीहरु रतनपुरी सव डिभिजन पुगेका थिए । कार्यक्रममा सव डिभिजन वन कार्यालयका निमित्त प्रमुख मुकेश दास, रतनपुरी सामुदायिक वन संजालका अध्यक्ष धनबहादुर खुलाल, बारा डिभिजन वन कार्यालयका सहायक वन अधिकृत जवहार कुर्मी र तामागाढी सव डिभिजन वन कार्यालयका प्रमुख सुरेश भगतलगायतका रतनपुरी अन्तर्गतका सामुदायिक वन समितिका पदाधिकारीहरुको सहभागी रहेका थिए ।
स्वागत कार्यक्रममा सरुवा भैइ आएका बारा वन अधिकृत झाले सबैलाई समेटिएर वनको संरक्षणमा जोड्दिए प्रमुख झाले पुरानो समस्य नदोहोरी प्रतिबद्धता समेत गरेका थिए । त्यस्तैगारी डिभिजन वन कार्यलय सहायक प्रमुख जवहर कुर्मीले बाँकी रहेको कुनै पनि काम नयाँ अधिकृत आउने र पुराना जाने भएको हुदा कुनै पनि पुराना काम नरोकिने बताए । “पहिला जे थियो अब त्यो हुन्न, तपाईंहरु निर्धक्क हुनुस सबै काम बन्ने छ” सहायक अधिकृत कुर्मीले भने । वन अधिकृत झा गत भाद्र १६ गते आईतबार डिभिजन वन कार्यालयमा आएका थिए । भने मधेस प्रदेश वन तथा  बाताबरण मन्त्रालयले बिनोद सिंहलाई धनुषा सरुवा गरेका थिए । भने बारामा झालाई पठाएका हुन । मधेस प्रदेश वन तथा वातावरण मन्त्रालयले बारासहित मधेसका ७ जिल्लाका डिभिजन वन अधिकृतहरुको सरुवा गरिएका थिए । जस्मा बारा सहित महोतरी, धनुषा, सिरहा, रौतहट र पर्सा गरी सात जिल्लाका डिभिजन वन कार्यालय प्रमुखहरुको सरुवा गरेको थियो । जस अनुसार डिभिजन वन कार्यालय बारामा राजिव झा, डिभिजन वन कार्यालय महोतरीमा अजय मिश्र, डिभिजन वन कार्यालय धनुषामा विनोद सिंह, डिभिजन वन कार्यालय सिरहामा शैलेन्द्र मिश्र, डिभिजन वन कार्यालय रौतहटमा हेमन्त साह, डिभिजन वन कार्यालय सर्लाहीमा सन्तोष कुमार झा र डिभिजन वन कार्यालय पर्सामा मन्जुर अहमद्‌को सरुवा गरिएको मधेश प्रदेश सरकारको मुख्य मन्त्री तथा मन्त्री परिषद्‌को कार्यालयले जनाएको छ । उनका अनुसार सर्लाहीका डिभिजन वन अधिकृत अहमद्लाई पर्सा, बाराका डिभिजन वन अधिकृत सिंहलाई धनुषाका साथै महोतरीका डिभिजन वन अधिधकृत झालाई सर्लाही पठाइएको छ । त्यस्तै डिभिजन वन कार्यालय सप्तरीका डिभिजन वन अधिकृत सुभाष दासको दुई वर्ष नपुगेकाले उनको सरुवा भएको छैन् । डिभिजन वन कार्यालय सर्लाहीमा सरुवा भएर आएका डिभिजन वन अधिकृत झाको स्वागत तथा डिभिजन वन कार्यालय पर्सा सरुवा भएका मन्जुरको बिदाई गरिएको डिभिजन वन कार्यालय सर्लाहीका सूचना अधिकारी राकेश रन्जन दासले जानकारी दिए । उनका अनुसार हाल सरुवा भएका डिभिजन वन अधिकृतहरु अधिकांश दुई वर्षे कार्यकाल पुरा गरि सकेका डिभिजन वन अधिकृतहरु हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित