बारा । पत्रकार अशेष ढुङ्गनालाई गालीगलौज गरेकोमा प्रेस सेन्टर नेपाल बाराको ध्यानाकर्षण भएको छ । पत्रकार ढुङ्गना बाराबाट सञ्चालित कोल्हबी मिडिया एण्ड ईभेन्ट प्रा. लि. का अध्यक्ष तथा सक्रिय पत्रकार हुन ।
ढुङ्गनालाई कोल्हबी नगरपालिका वडा नम्बर १ स्थित नेवारी खाजा घरबाट बोलेको भन्दै रातको समयमा बिना कारण अपशब्द प्रयोग गर्दै गालिगलौज गर्ने र ज्यानमार्ने धम्की समेत दिएको प्रती प्रेस सेन्टर बाराले गम्भीर ध्यनाकर्षण गराएको छ । पत्रकार ढुङ्गनालाई धाक, धम्की दिएको प्रती घोर भत्सर्ना समेत सेन्टरले गरेको छ ।
सञ्चारकर्मीलाई गरिएको यो हर्कत अन्यन्त निन्दनीय हुनुका साथै प्रेस स्वतन्त्रतामाथिको ज्यादती समेत देखिएको छ । प्रेसविरोधी यस्ता हर्कतले पत्रकारलाई पेसाप्रति हतोत्साहि र त्रसित बनाउनुका साथै विचार र अभिव्यक्ति स्वतन्त्रताको अधिकारमा समेत आघात पुगेको छ ।
प्रेस सेन्टर नेपाल बाराले घटनाको सत्यतथ्य छानिबन गरी प्रेसविरोधी कार्यमा संलग्न जो कोही भए पनि कानुनबमोजिम कारवाही गरी पत्रकारलाई निर्धक्क र सुरक्षित रूपमा काम गर्ने वातावरण बनाउन सम्बन्धित निकायसँग माग समेत गरेको छ ।






















Discussion about this post