बकैया खोलाले बगाउदा एक युवा बेपत्ता : एक हप्तामा दुईजना बगायो

402
SHARES
529
VIEWS

बारा । मकवानपुरको सोधा हुँदै बग्ने बकैया खोलाले एक हप्ताभित्र दुई जनालाई बगाएको छ । गत आइतबार ३६ वर्षीया नानुमाया तामाङलाई बगाएको बकैयाले शुक्रबार दिउँसो २८ वर्षीय युवकलाई पनि बगाएको हो ।
शुक्रबार बकैया खोलाले बगाउँदा रौतहटको पौराई घर भएका २८ वर्षीय अकल माझी बेपत्ता भएका हुन्  । माझीलाई ससुराली जाने क्रममा खोला तर्दा शुक्रबार दिउँसो बगाएको जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रहरीले मधेश प्रवाह जानकारी दिएको छ ।
मकवानपुर बकैया गाउँपालिका–६, जसपालस्थित काठमाडौं–तराई द्रुतमार्ग निर्माणमा काम गर्दै आएका माझी शुक्रबार दिउँसो २ बजे ससुरालीतर्फ जाँदै थिए ।
उनी बकैया–६ जुइनामा जानलाई खोला तर्ने क्रममा बाढीले बगाएको र हालसम्म फेला नपरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले बताए ।
यसअघि बकैया खोलाले बगाएको नानुमाया तितुङको शव गत सोमबार बाराको कोल्हबी नगरपालिकामा खोलाको बगरमा भेटिएको थियो । बाराको निजगढ बजारबाट बकैया–६, स्थित घर फर्कन लाग्दा उनलाई बकैया खोलाले बगाएको थियो । उनी छोरालाई वैदेशिक रोजगारीमा पठाउन बिदा गरेर घर फर्किँदै थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित