जिल्ला प्रहरीले फरार प्रतिवादी पक्राउ

391
SHARES
515
VIEWS

बारा । जिल्ला प्रहरी कार्यालय बारा, कलैयाले फरार प्रतिवादी नियन्त्रणमा लिएको छ । प्रहरीले सिम्रौनगढ नगरपालिका वडा नम्बर ४ बस्ने अन्दाजी ३८ वर्षको मकसुद अन्सारीलाई पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय सिम्रौनगढको टोलीले अन्सारीलाई भदौ १९ गते पक्राउ गरेको हो । जिल्ला अदालत बाराले अन्सारीलाई खोटा चलन कसुरमा दुई वर्ष कैद र ४ लाख ७३ हहजार ८०० रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो । अदालतको निर्णय पछि फरार रहेका अन्सारीलाई खोज तलास गर्दा लुकिछिपि बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बारा, कलैयाका प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए । त्यसैगरी पर्सामा व्यक्ति हत्यामा संलग्न एकजना फरार प्रतिवादी १७ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्साको विन्दवासिनी गाउँपालिका–२ घर भएका ४९ वर्षीय लक्ष्मण चौरसिया छन् । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले वीरगञ्जबाट पक्राउ गरेको हो । चौरसिया समेत चार जना व्यक्तिहरूले ५ वैशाख २०६४ मा पर्साको साविक बहुअर्वा गाविस–५ बस्ने ढोडा मुखिया विनको गोली प्रहार गरी हत्या गरेको थिए । यो घटनाको सर्वोच्च अदालतले २४ कात्तिक २०६९ मा अन्तिम फैसला गर्दै कर्तव्य ज्यान मुद्दामा लक्ष्मणलाई सर्वस्व सहित जन्म कैद सजाय ठहर भएको थियो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेस गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित