निजगढ नगरपालिका ७ नम्बर वडाद्वारा बृक्षारोपण कार्यक्रम

387
SHARES
509
VIEWS

बारा । निजगढ नगरपालिका वडा नम्बर ७ को मंगलबार आयोजनामा बृक्षारोपण
कार्यक्रम सम्पन्न भएको छ । वडा नम्बर ७ का वडा अध्यक्ष टेक बहादुर लामाको अगुवाईमा धुपी २०० र अशोक ५६ थान बिरुवा बृक्षारोपण गरिएको हो । वडाको योजनाटोल नाला तयार भएको सडक आसपास क्षेत्रमा बृक्षारोपण गरिएको थियो ।

बृक्षारोपण कार्यक्रममा वडा सचिव धर्मराज लामिछाने, वडा सदस्यहरु कबिता लामा, दिल बहादुर पुलामी, सुभद्रा विश्वकर्मा, भगवती घिमिरेलगायत स्थानीय निजगढ सव डिभिजन वन कार्यालयका रेन्जर निरज पोख्रेल, वन समितिका अध्यक्ष तथा पदाधिकारी लगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित