नेपाली कांग्रेस निजगढको तीज बिशेष कार्यक्रम सम्पन्न

385
SHARES
507
VIEWS

बारा । बाराको निजगढमा नेपाली काग्रेस नगर समितिद्वारा आयोजना गरिएको तीज बिशेष कार्यक्रम सम्पन्न भएको छ । नगर सभापति नवराज तिमल्सिनाको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि नेपाली काग्रेसकी केन्द्रिय सदस्य बिद्यादेवी तिमल्सिनाले प्रमुख अतिथिको ग्रहण गरेकी थिइ ।

प्रमुख अतिथि विद्यादेवि तिमल्सिनाले चाडपर्व सबै मिलेर मनाउनु पर्ने बताउदै पद र नेतृत्वमा पुग्न सबै महिलाहरु पछि नपर्न आग्रह गरिन । देउडा गित समेत गाएर दर्शकहरुलाई मनोरञ्जन प्रदान गरेकी  प्रमुख अतिथि तिमल्सिानाले नेतृत्वबाट नभाग्न महिलाहरुलाई आग्रह गरेकी छिन । कार्यक्रमको स्वागत सचिव मधु तिमल्सिना र सहजिकरण प्रदेश सदस्य मनमाया तामाङले गररेकी थिइन । कार्यक्रममा दुर्गा कोईराला, शोभा राउत, साबित्री भारती, चन्द्रीका मगर लगायतका विभिन्न पार्टीका महिला नेतृहरुले तिज पर्वका महत्व र महिलाहरुको भुमिका बारे मन्तब्य राखेका थिए । कार्यक्रममा महिलाहरुले नाचगान र मिठो परिकार खाएर तिज पर्व मनाएका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित